संसदीय कोषको २० लाख लागतमा निर्माणधिन मस्जिदको सान्सद रमेश प्रसाद कुर्मीद्वारा उदघाटन ।

बिरगंज , कार्तिक ०७ गते शुक्रबार ।

विरगंज महानगरपालिका वडा नं.१९ वरवां टोलमा सांसद रमेश प्रसाद कुर्मीको पहलमा संसदीय कोषको २० लाख रुपैयाको लगानीमा निर्माणधिन मस्जिदको उद्धघाटन गरिएको छ ।

वडा नं.१९ मा नयाँ मस्जिदको उद्धघाटन कार्यक्रममा प्रदेश सांसद तथा जनता आवासका प्रमुख रमेश प्रसाद कुर्मीले रिबन काँटी मस्जिदको उद्धघाटन गर्नु भएको थियो ।

प्रदेश सान्सद कुर्मीले विकास कार्य निरन्तर रुपमा गर्दै आएको सञ्चारकर्मीहरुलाई जानकारी दिनु भएको छ ।

आज भएको मस्जिद उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद तथा जनता आवास का प्रमुख रमेश प्रसाद कुर्मी , वडा नं.१९ वरवा टोलका अध्यक्ष सन्तोष तिवारी, आमन्त्रित नेताहरुमा जसपाका भुवन यादव , मौलना मोहम्मद अन्वर, मौलाना जविउल्लाह अन्सारी, रहमान अन्सारी, रफार मिया, नन्नलाल यादव लगायतको उपस्थिती रहेको सांसद रमेश प्रसाद कुर्मीका स्वकृय सचीव शेख फिरोजले पर्सा पोस्टलाई जानकारी दिनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close