
बीरगन्ज – पब्लिक फिटनेस सेन्टर बीरगन्जको आयोजनामा पि एफ सी म्याराथुन २०२१ सम्पन्न भएको छ । बीरगन्जको घण्टाघरदेखी रजतजयन्ती चोकमा रहेको इण्डो हस्पिटलसम्म पुगेर पुन ः घण्टाघरमा आएर ५ किलोमिटरको म्याराथुन सम्पन्न भएको हो । १ सय जना प्रतियोगिहरुको सहभागिता रहेको प्रतियोगितामा जुम्ल्याहा दाज्यु भाइ प्रथम र द्वितिय भएका छन् ।
अमरेन्द्र यादब र अमरेश यादब क्रमश प्रथम, द्वितिय र भगवान यादबले तृतिय स्थान प्राप्त गरेका हुन् । फिटनेस सेन्टरका अध्यक्ष करण यादबको अध्यक्षतामा भएको प्रतियोगिताका विजेताहरुलाई नेपाल इण्डो हस्पिटलका निर्देशक चन्द्रशेखर ठाकुर, वान इलेभन होटेलका सञ्चालक अन्कुर घोस्वाला लगायतले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रममा अर्बिन्द सिँह, राजकिशोर गुप्ता, मरु श्रेष्ठ, अलिअकबर हुसैन, भाइजान अफ वीरगञ्जका नवसाद आलम लगायतको उपस्थिती रहेको थियो ।
प्रतियोगितालाई सफल पार्नका निम्ती फिटनेस क्लबका सदस्य आशिफ अन्सारी, सोयब आलम, खालिद अन्सारी, करण पटेल, हिमान्शु शेखर, आरती पटेल, खुशी गुप्ता लगायतले सहयोग गरेका थिए । कार्यक्रमको सहजिकरण रायन कायस्थले गर्नुभएको थियो ।




