
बिरगंज , माघ २४ गते शनिबार ।
नेपाल बौद्धिक पेशाकर्मी महासघ प्रदेश न २ को बैठक सम्पन्न भएको छ ।प्रदेश अध्यक्ष बिजय कुमार यादवको अध्यक्षतामा बिस्तारित बैठक विभिन्न प्रस्तावहरुमाथि छलफल गरि निर्णय समेत गरिएको थियो ।
निर्णयमा नेपाल बौद्धिक पेशाकर्मी महासघ आवद्ध सम्पुर्ण छाता संगठन कमिटी यथासिध्र निर्माण तथा सुदृढिकरण गर्ने , ८ वटै जिल्ला समन्वय समितिलाई पत्र पठाई नेपाल बौद्धिक पेशाकर्मी संगठन निर्माण गर्न अनुरोध गर्ने , त्यसै गरि महासघको आगामी बैठक २०७७ फागुन ११ गते पार्टीको राष्ट्रिय अध्यक्ष , उपाध्यक्ष ,मुख्यमन्त्री , पार्टीको प्रदेश अध्यक्ष तथा ८ वटै जिल्लाको जिल्ला अध्यक्ष सङ्ग बैठक गर्ने निर्णय समेत गरेको थियो ।उक्त बैठकको ठाउँ र व्यवस्थापन गर्न ने.बौ. पेशाकर्मी महासघ प्रदेश न.२ का ईन्चार्ज जितेन्द्र यादवलाई जिम्मा दिने समेत निर्णय गरेको थियो ।
अब हुने आगामी बैठकमा राष्ट्रिय अध्यक्ष , प्रदेश अध्यक्ष र मुख्यमन्त्रीलाई दिईने सुझाव पत्र निर्माण समिति प्रदेश अध्यक्ष बिजय यादवको अध्यक्षतामा ५ सदस्यीय समिति गठन भएको छ ।सो समितिको सदस्यमा नवलकिशोर यादब , सुरेन्द्र राय , योगिन्द्र प्रसाद यादव र सियाराम राउत रहनु भएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादवको विशेष उपस्थितिमा भएको बैठकमा मधेस प्याप्सनका राष्ट्रिय अध्यक्ष अमेरन्द्र झा , प्याप्सन प्रदेश न.२ का उपाध्यक्ष ममेश मन्डल , समाजवादी प्राध्यापक सघका केन्द्रिय उपाध्यक्ष नवलकिशोर यादव , प्रा. सघ केन्द्रिय सदस्य शिवेन्द्र यादव , सप्तरीका अध्यक्ष श्याम नारायण साह , महोत्तरीका अध्यक्ष योगेन्द्र प्रसाद यादव , सिरहाका अध्यक्ष शत्रुघन यादव , पर्साका अध्यक्ष ई. बिनोद यादव , सर्लाहीका अध्यक्ष रामबाबु यादव , रौतहटका अध्यक्ष सिकेन्द्र यादव , बाराका अध्यक्ष बिरेन्द्रलाल कर्ण, धनुषाका अध्यक्ष बृज किशोर यादव , पर्साका तेज नारायण यादव , श्याम सुन्दर यादव , शिवशन्कर यादव लगायतकाको सहभागिता रहेको थियो ।




