
बीरगन्ज,१० असार । बीरगन्ज स्थित नारायणी अस्पताललाई वीरगञ्ज उद्योग वाणिज्य संघले आज एक समारोहका बीच स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।
बीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले ३ थान मेडिकल अक्सिजन कन्सेन्ट्रेटर र २ थान प्यासेन्ट मोनिटर नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्र बहादुर प्रधानलाई हस्तान्तरण गर्नु भएको हो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९को सम्भावित तेश्रो लहरलाई मध्यनजर गर्दै उक्त उपकरणहरु हस्तान्तरण गरिएको गुप्ताले बताउनुभयो । हस्तान्तरण गर्दै सङ्घका अध्यक्ष गुप्ताले हस्तान्तरण गरिएका उपकरणहरु पूर्ण रुपमा सञ्चालनमा आउने आशा व्यक्त गर्नुभयो ।
उक्त स्वास्थ्य उपकरणहरु बीरगन्ज उद्योग वाणिज्य सङ्घलाई हेल्भेटास नेपाल, इलम परियोजनाबाट सहयोग स्वरुप प्राप्त भएको थियो ।
कार्यक्रममा डा. निरज सिंह, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव मनोज दास, मनोज उपाध्याय, हेल्भेटास नेपालका कृष्णलाल कर्ण, वीरगञ्ज नेपालका बिजनेस कन्सल्टेन्सी सुनिलकुमार साह लगायतको उपस्थिति रहेको थियो ।




