१० अर्ब खोज्नेलाई प्रधानमन्त्रीको जवाफ : तल पठाइयो, दिनकै विवरण दिन सकिदैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा खर्च भएको १० अर्बको हिसाब माग्नेहरुले विषयलाई उछाल्न खोजेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले हिसाब माग्नेहरुलाई १० अर्ब तल पठाइएको बताए ।

“उछाल्नेहरुलाई उछाल्न सजिलो छ, खै १० अर्ब भनेर ?,” उनले भने, “१० अर्ब तल पठाइयो । मान्छेहरु खटेका छन् । क्वारेन्टिनको प्रबन्ध गरिएको छ ।” उनले स्थानीय सरकारले राम्रो काम गरेको भन्दै जनप्रतिनिधिहरुको प्रशंसा पनि गरे ।

स्थानीय तहहरुले क्वारेन्टिन बनाएको, त्यहाँ बसेकाहरुलाई खुवाएको उनले बताए । खर्चको महालेखा र आन्तरिक लेखा परीक्षणले हेर्ने भन्दै उनले भने, मान्छे काममा लागेका छन् । केहीलाई खर्चको हिसाब चाहिएको छ । परिस्थितिको गम्भीरता छैन ।’

जनप्रतिनिधिले पैसा खाए भन्न सजिलो रहेको भन्दै उनले ज्यान माया मारेर काम गरिरहेका जनप्रतिनिधिलाई अपमान गर्न, हतोत्साहित गर्नु उपयुक्त नहुने बताए ।
प्रधानमन्त्री ओलीले दिनकै खर्च विवरण दिन नसकिने र मसिनो गरेर हिसाब महालेखा परीक्षकको वार्षिक प्रतिवेदनका रुपमा संसदमा पेस हुने पनि बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close