
पर्सा ६ माघ
पर्साको घोबिनी गाउँपालिका- ३ हरिहरपुरमा आज नयाँ हाट बजार शुरु भएको छ। हरिहरपुरमा नयाँ हाट बजारलाई एक समारोहका बिच शनिबारको दिन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले उद्घाटन गर्नु भएको थियो। हरिहरपुरमा रहेको बजरगं चौकमा हाट बजार शुरु भएको हो। यो हाट बजार
प्रतेक शनिबार हरिहरपुरमा लागने अायोजक समितिले जनाएका छन।
उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका नेता श्यामकिसोर पटेल, वडा अध्यक्ष राजकिशोर पटेल, नेकपा एमालेका नेता सदाम हुसेन, हरिशन्कर पटेल,अमिका पटेल, पपु पटेल, दुर्गा पटेल इबराहिम मियाँ बजार समिति अध्यक्ष प्रशान्त गुप्ता, उपाध्यक्ष शान्ति देवी, सचिव पवन पटेल, कोषअध्यक्ष सुजित पटेल, सहसचिव रामाधार पटेल, मिरोज आलम, सदस्य इखतियार मियाँ लगायतको सहभागीता रहेको थियोे । हाट बजारमा सास्कृतिक नाच नचाएर प्रसार प्रचार गरिएको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




