बेरोजगार बनेकालाई रोजगार बनाउने लक्ष्यका साथ आईएसटी ट्रेडिङ एण्ड सोलुसन स्थापना

काठमाडौं । स्वदेशमै केहि गरौँ भन्ने मनशायले तीन नेपाली युवा मिलेर आईएसटी ट्रेण्ङि एण्ड सोलुसन प्राइभेट लिमीटेड स्थापना गरेका छन् । तीन युवाहरु ईश्वर भट्टराई, सन्तोष थापा र तासि तामाङ मिलेर स्थापना गरेको यो संस्थाबाट इन्भर्टर, ब्याट्री, सोलार, वाटर हिटर, एसी, फ्रिज जेनेरेटर, सीसीटिभी र टेलिभिजन जस्ता इलेक्ट्रीक र इलेक्ट्रोनिक्स सामाग्री सप्लाई हुनेछन् ।साथै गुणस्तरिय जडान र होम सर्भिस पनि दिने प्रबन्ध निर्देशक सन्तोष थापाले बताए ।

उनले भने, हामी देशैभरमा यो सेवा दिन्छौँ, कोरोनाका कारण रोजगार गुमाएकाहरुलाई पनि यसबाट केहि राहत मिल्नेछ । यस संस्थाले सामानहरु बिक्री मात्र गर्ने नभई देशका विभिन्न स्थानमा होम सर्भिस दिने समेत व्यवस्था गरेको छ ।

कोरोनाका कारण भएका बेरोजगारीलाई रोजगार दिलाउने लक्ष्य लिएको यस संस्था अनामनगरमा हिजो (बुधवार) स्थापना भएको हो । काठमाडौं उपत्यका सहित देशका जुन सुकै ठाउँमा पनि आफूले सेवा प्रदान गर्ने संस्थाका अध्यक्ष भट्टराईले बताए । संस्थाले कोरोनाको महामारीबाट रोजगारी गुमाएकाहरुलाई केहि मात्रामा रोजगारी प्रदान गर्ने समेत लक्षय राखेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close