
विश्व शान्ति दिवस २१ सेम्प्टेबर २०२० अवसरमा पिस फर पिपुल र मास्टर पिस नेपालको सयुक्त आयोजनामा “केहि फरक अनि नसुनिएका अवाजहरु” नामक कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा योन्जोम शेर्पा , अनुप मगर , संकित बस्याल , कल्पना कार्की , शिबनाथ राउत कहर , कमला थापा , रिता परियार र राम शाहीहरु द्वारा सघर्षका कथाहरु सुनाउनुभयो र यसका साथै सुदर्शन जोशी द्वारा योगा , बिष्णु गौतम द्वारा कविता र चुट्किला , रितु श्रेष्ठ र भुवन भट्टराई द्वारा संगितको माध्यम बाट कार्यक्रमलाई भरपुर मनोरञ्जन प्रदान गरिएको थियो . टेक्नोलोजीको माध्यमबाट यस बर्ष बिश्व शान्ति दिवसको कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा पिस फर पिपुलका अध्यक्ष तथा मास्टरपिस नेपालका प्रमुख सन्तोष बिडारी ज्युले हिजो आज धेरै जसो मानिसहरुलाई लाग्छ म सँग मात्रै समस्या छ , अनी सोच्दा सोच्दै ऊ बिस्तारै गलत बाटो तर्फ लाग्दछ किनभने हाम्रो केही सामाजिक मुल्य मान्यताले हामीलाई खुलेर आफ्नो मनको भावनाहरु अरुलाई भन्नको लागि प्रेरित गर्देन् त्यसैले आत्महत्या , डिप्रेसन जस्ता घटना दिनदिनै बढेका छन् ।
तसर्थ यस्ता कार्यक्रमहरु मार्फत आम किशोर किशोरी अनी युवाहरुलाई समस्या म सँग मात्रै होइेन् संघर्ष मैले मात्र गरेको होई्न रहेछ भन्ने सकारात्मक सन्देश दिनको लागि यस्ता कार्यक्रमहरु निकै जरुरुत छ , भन्ने कुरा बताउनुभयो ।
त्यसैगरि उक्त कार्यक्रममा सहकार्यको रुपमा रोटर्याक कल्ब अफ बिरगंज मेट्रोपोलिसिस , युथ फर नेशन काठमाडौं , माहुरी , सिड्र्स नेपाल धादिङ , टिम नेपो पर्सा ,पिस फर पिपुल फ्रान्स , नेपाल अनलाइन स्कुल , डाइनामिक युथ कल्ब कोहलपुर , जिल्ला बाल कल्ब समन्वय संजाल पर्सा र लालपरी रहेको थियो भने मिडिया पाटनरको रुपमा दमक अनलाइन , जि नेपाल एच डि टिभी , नेपाल पोस्ट दैनिक , नेपाल रिपोर्टस र डेमाइन्ड डिजिटल रहेको थियो । उक्त कार्यक्रमको सन्चालन पुनम खडगी तथा अदिती ढकालले गर्नुभएको थियो भने कार्यक्रमको सहजकर्ता कवि पौडेलले गर्नुभएको थियो ।




