ललितपुरमा कर्फ्यु हट्यो, रथ रहेको आसपासका क्षेत्रमा भेला निषेध

ललितपुर- ललितपुरको रिङरोड भित्रको क्षेत्रमा लगाइएको कफर्यु हटेको छ । आज राति १० बजेबाट कर्फ्यु हटाइएको हो ।

हिजो मच्छिन्द्रनाथको रथ तान्न गएका युवाहरुलाई रोक्न खोज्दा प्रहरीसँगको झडपपछि स्थिति अनियन्त्रित हुन नदिन कर्फ्यु आदेश जारी गरिएको थियो ।

कर्फ्यु हटेपनि मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाइ गरिने भएको छ ।

उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।

भोलिबाट लागू हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा भनिएको छ ।

जिल्ला प्रशासनद्वारा जारी आदेश

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close