लैनचौर र ऐकेडेमी मोडमा शुरु भयो ट्राफिक लाईटबाट सवारी व्यवस्थापन

खेम राज खनाल चैत ९ काठमाण्डौं
महानगरीय ट्राफिक प्रहरी महाशाखा र माछापुच्छ्रे बैंक लिमिटेड वीचको सहकार्यमा लैनचौर र ऐकेडेमी मोडमा ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा आएको छ ।

नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र माछापुच्छ्रे बैंक लिमिटेडका सिइओ सन्तोष कोईरालाले संयुक्त रूपमा उद्‍घाटन गर्नुभएको हो ।

एसएसपी भट्टराईले काठमाडौं उपत्यकालाई सुरक्षित र सभ्य शहरको रुपमा अघि बढाउन, सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन, सवारी व्यवस्थापनमा अझै सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडानलाई तीव्रता दिएको वताउनुभयो ।

प्रबिधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्राथमिकता दिएको बताउनु भयो ।

हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्ने प्रयासरत छौ, यसको लागी सडक बिभाग बाहेक स्थानिय निकाय, बिभिन्न बैंक बित्तिय संघसंस्थाहरुसँग निरन्तर समन्वय सहकार्य गर्दै आईरहेका छौं । त्यसैको परिणाम स्वरुप आज लाईट जडान भएको छ र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका सिईओ कोईरालाले सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहिलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने र आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग सहकार्य गर्ने बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

सिईओ कोईरालाले ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्नुभयो ।

उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका सिईओ, डाइरेक्टर, का.म.न.पा. २ र ३ का वडा अध्यक्षहरु, बैंकका पदाधिकारी र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
आजबाट शुरु भएका २ वटा ट्राफिक लाईट समेत गरि महाशाखाले हालसम्म उपत्यकाको मुख्य मुख्य ३१ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन गर्न शुरु गरेको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै जाने महाशाखाले जनाएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा लाईटको पूर्ण पालना गरिदिनु हुन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close