
वीरगञ्ज । कोरोना महामारी, निरन्तर भारी बर्षा, पहिरो जसतो विपतको बेला चितवन, माडी नगरपालिका ९ कुसुमखोलाका चेपाङ्ग बस्तीमा राज्य पक्षबाट घर आगजनी र हाथी लगाएर घर भत्काउन लागए पछि त्यहांका १० चेपाङ्ग परिवारको उठिबास भएको छ । चितवन राष्ट्रिय निकुन्जका कर्मचारी र सेनाको टोलीले विपन्नका घर हात्ती लगाएर भत्काइदिएको छ । सरकारले झुप्रोमा आगो लगाईदिएपछि मध्यबर्खामा चेपाङ्ग घरबारविहीन भएका छन् ।
राज्यद्धारा उठिबास गराईएका १० चेपाङ्ग परिवारलाई जनकपुरधाम अवस्थित अनुसन्धानमा आधारीत अभियानी संस्था भोरले ओत लगाउन त्रिपाल र एक महिना पुग्ने खाधान्न सामाग्री सहितको राहत प्याकेज प्रदान गरेको छ । भोरका कोषाध्यक्ष उमेश कुमार साहको नेतृत्वमा भोरले मध्यबर्खा र निकै दयनिय अवस्थामा रहेको सडकको बाबजुद पनि भोरले उक्त राहत प्याकेज १० चेपाङ्ग परिवारलाई माडी नगरपालिका ९, कुसुमखोला नजिकको बबईमा पुगेर प्रदान गरेका हुन ।
स्थानीय संस्था सुनौलो किरणका संस्थापक भरत चेपाङ्गको समन्वय तथा सहजीकरण, चेपाङ्ग अधिकार संघर्ष समितीका संयोजक राजकुमार चेपाङ्ग, माडी ९ का कमल चेपाङ्ग र माडी नगरपालिकाका कार्यपालिका सदस्य जगाराम चेपाङ्गको विषेश उपस्थितीमा सो राहत प्याकेज वितरण गरिएको थियो ।
प्रति परिवार १२ वाई १८ को गुणस्तरीय त्रिपाल, ३० किलो चामल, २ किलो दाल, ५ किलो आलु, १ किलो स्वाबिन, ४ वटा नुहाउने र लुगा धुने साबुन र १ किलो नुन तत्कालको आवश्यकता पुरा गर्न राहत स्वरुप प्रदान गरिएको कुरा भोरका अध्यक्ष पचुलाल माझी मुसहरले बताए । चेपाङ्ग समुदायको बौधिक अगुवा बिस्वास चेपाङ्गको समन्वय र सहजीकरणमा उक्त राहत प्याकेज प्रदान गरिएको हो ।
चेपाङ्ग परिवारको नाममा वहांहरुको घर जग्गाको लालपुर्जा र मानव बस्न योग्य घर निर्माणको लागि भोरले निरन्तर रुपमा वकालत र अभियान संचालन गर्ने योजना रहेको भोरका संस्थापक राज कुमार महतोले बताए ।




