बहुदरमाई नगरपालिकाको छपकैयामा जसपाको वार्ड समिति गठन

जनता समाजवादी पार्टी पर्साले पार्टी सुदृढिकरण तथा जनजागरण कार्यक्रम पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ छपकैया टोलमा सम्पन्न गरेको छ । जनता समाजवादी पार्टीका नेता एवम पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको प्रमुख अतिथ्यतामा पार्टी सुदृढिकरण तथा जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य रौनियारले पार्टीलाई देशकै नमुना पार्टी बनाउनु पर्ने भएकाले जनताको मन जित्ने गरी काम गर्न पार्टीका प्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाले जसपा भनेको जनताको हो महसुस हुने गरी पार्टीलाई एक ढिका गरेर अगाडी बढ्न समेत आग्रह गर्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै प्रदेश दूइका प्रदेश सभा सदस्य करिमा बेगमले पार्टीलाई मजबुत बनाउनको निमित्त नै देशैभरी पार्टी सुदृढीकरण तथा जनजागरण अभियान चलिरहेको बताउनुभयो । यो अवसरम प्रदेश सभा सदस्य सिंहासन , पोखरीया नगरपालिकाकि उपमेयर सल्मा खातुन , जसपा नेतहरु बिरेन्द्र यादव , पन्नलाल साह लगायतको उपस्थिति रहेको थियो । जसपाले केन्द्रिय निर्देशन अनुसार यो अभियान अहिले देशैभरी सञ्चालन गर्दै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close