पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण एवम कम्बल बितरण

पृथ्वीनारायण शाहको ३०० औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले बीरगंजको घण्टाघरमा आयोजना गरेको माल्यार्पण कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै पृथ्वीनारायण शाह हाम्रो राष्ट्रपिता हुन हामी सबैले उहाँको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

उहाँले यस्तो बिषेश अवसरमा कसैले पनि पृथ्वीनारायण शाहको दिब्य उपदेश बिर्सन नहुने बताउनुभयो । समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले राष्ट्र विखण्डनमा परेको अवस्थामा जनताले देशमा फेरी पृथ्वीनारायण शाहको खाँचो रहेको महसुस गरेको बताउनुभयो । नागरिक संघर्ष समितीका उपाध्यक्ष हिराबहादुर चन्दले वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती जनाउनु भयो ।

राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा आयोजित कार्यक्रममा हिन्दु युवा संघ नेपालका अध्यक्ष राजेश सिंह राठौर, समाज सेवी उषा शाह, राप्रपाका रामबहादुर थापा, बीरगंज महानगरपालिकाका उपमेयर शान्ति कार्की लगायतले पृथ्वीनारायण शाहको जिवनीकाबारे चर्चा गरेका थिए ।

कार्यक्रममा श्री चण्डी प्रसाद गण बीरगंजका प्रमुख सेनानी मनोज कार्की, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी बल १३ नं. गणका प्रहरी उपरीक्षक राजेन्द्र खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक सुमन कार्कीको सहभागीता रहेको थियो ।

कार्यक्रममा सबिना खातुन, सुरजी देवी, गीताञ्जली देवी, सरिता देवी, लालवती देवी, पुजा कुमारी, साल्मा खातुन, मिना देवी, सिल्ला देवी, रोकशाना खातुन लगायत ५० जना महिलाहरु कम्बल बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले बताउनुभयो । उक्त कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका नगर संयोजक उपेन्द्र बरैले खादा ओढाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण मंचका प्रेस संयोजक प्रणय कुमारले गर्नु भएको थियो भने कार्यक्रमको समापन मंचका सचिव मकबुल मियाँ बरैले गर्नु भएको थियो । कार्यक्रममा स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो । र्यक्रममा मंचका उपाध्यक्ष कमल घिमिरेले राष्ट्रिय गीतमा नृत्य गरी सबैलाई आकर्षित गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close