
बिरगंजका होटेल व्यवसायी आलमले आफ्नो ३३औं जन्मदिन मानवसेवा आश्रममा मनाए ।
बिरगंज , पुष २९ गते बिहीबार ।
होटेल व्यवसायी संघ पर्साका महासचिव एवं नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नं. २ का सचिव तथा होटेल अमन प्यालेसका सन्चालक तबरेज आलमले आज मानव सेवा आश्रममा रहेका लक्ष्मी नारायणहरुसँग आफ्नो जन्मदिन मनाएका हुन ।
३३ बर्ष पुरि भैइ ३४ बर्षमा पुगिको आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम वीरगंजमा रहेका लक्ष्मी नारायणहरु सँग जन्मदिनको शुभकामना आदान प्रदान गर्नु भएको छ । सो अवसरमा आलमले आश्रममा रहेका आश्रितहरुको लागि बिस्कुट, चाउचाउ, दाल, तेल लगायतका खाद्यान्न सामग्रीहरु समेत आश्रमलाई हस्तान्तरण गर्नु भएको छ ।
सो अवसरमा होटल व्यवसायी संघ पर्सा का कोषाध्यक्ष दलबहादुर किङ्गरिग, होटल एभरेस्टका संचालक आदित्य गुप्ता, होटल तथा पर्यटन व्यवसायी संघ का सदस्य कुवेर कार्की, समाजसेवी बिकास गुप्ता,साहिउला हक, अब्दुल वहिद,रिजवान, हाजि ग्यासुदिन ठकुराई, लक्की इम्पेक्सका संचालक एमडी इन्ताफ, पत्रकार भोजपुरी टाइम्स दैनिक पत्रिका कार्यकारी सम्पादक श्रवण प्रसाद साह,निरज पिठाकोटी ,अजित कुमार भुजेल लगायतकाको सहभागिता रहेको थियो।




