
पर्सा । १२ बर्ष पहिला लागु औषध मुद्दाका फरार रहेका एक ब्यक्ती पक्राउ परेका छन् । आज १२ बर्ष पहिला लागु औषध मुद्दाका फरार रहेका शिव प्रसाद महतो पक्राउ परेका हुन् ।
पर्सा जिल्ला अदालतको मिति २०६७ माघ २४ गते लगत नं.२७८५ को आदेशले लागु औषध गाँजा र अफिम मुद्दाका १५ बर्ष कैद र ५०२५००।- जरिवाना तोकिएको फरार पर्सा बहुदरमाई ६ का ३५ बर्षिय शिव प्रसाद महतोलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
महतो आफ्नै गाउँघरमा लुकि छिपि बसि रहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला अदालत पर्सामा उपस्थिती गराएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




