भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुलाई जम्मुमा पनि स्वागत तथा अभिनन्दन

भारत भ्रमणमा रहेका नेपाली पत्रकारहरुलाई जम्मुमा पनि स्वागत तथा अभिनन्दन गरिएको छ । उद्योग वाणिज्य संघ जम्मुले एक कार्यक्रमको आयोजना गरि नेपाली पत्रकारहरुलाई स्वागत तथा अभिनन्दन गरेको हो ।

उद्योग वाणिज्य संघ जम्मुका अध्यक्ष अरुण गुप्ताको अध्यक्षता भएको कार्यक्रमा रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको नेतृत्वमा भारत भ्रमण गएका १६ जना प्रसेली नेपाली पत्रकारहरुलाई दोस्ला ओढाएर मायाको चिन्होले स्वागत तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रम बोल्ने वक्ताहरूले नेपाल र भारत बिच रहि आएको पारस्परिक र सांस्कृतिक एक नास रहेको वताए ।
वक्ताहरुले सदियो देखि चल्दै आएको रोटि बेटिको सम्बन्ध थप प्रगाढ बनाउनमा नेपाल र भारतको भुमिका रहेको वताएका थिए
उद्योग वाणिज्य संघ जम्मुका अध्यक्ष गुप्ताले भारत सरकारले खारेज धारा ३७० खारेज गरेपछि अवस्था बारे चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ जम्मुका वरिष्ठ उपाध्क्ष अनिल गुप्ता, उपाध्यक्ष राजिव गुप्ता, महासचिव स्वरभ गुप्ता, सचिव राजेश गुप्ता, नेपाली पत्रकारको तर्फबाट ध्रुव साह, बृजलाल पासवान, मनोज पटेल, नरेश सरार्फ, शम्भु कुमार सुमन लगायतकाले मन्तव्य राखेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close