अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) जितपुर सिमरा उपमहानगर समिती द्धारा विद्यार्थीहरुलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन प्रमुख ई.प्र.का.लाई ज्ञपान पत्र

वीरगञ्ज १५ भदौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(क्रान्तिकारी) जितपुर सिमरा उपमहानगर समिती द्धारा विद्यार्थीहरुलाई कोभिड विरुद्धको भ्याक्सिन लगाउन प्रमुख ई.प्र.का.लाई ज्ञापन पत्र मार्फत माग गरेको छ । गएको साउनमा हुनु पर्ने कक्षा १२ परीक्षा कोभिड १९ को महामारीका कारण अनिश्चिभएको अवगत गराउदै अवहुन लागेको कक्षा १२ को परिक्षको तयारी गरीरहेका विद्यार्थीहरुलाई कोभिड विरुद्धको भ्याक्सिन लगाए पछिमात्र गराउनु पर्ने ज्ञापन पत्र मार्फत जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी संग माग गरेका छन ।

बोर्डकै पहलमा कक्षा १२ को परिक्षालाई प्रवेश पत्र देखाएर कोभिड विरुद्धको भ्याक्सिनदिने व्यवस्था देशैभरी भईरहेकोबेला जितपुर सिमरा उपमहानगरले विद्यार्थीहरुको स्वास्थ्य प्रतिकुनै चासोनलिएकोले ध्यानाकर्षण गराएको उक्त विज्ञपतीमा उलेख गरीएको छ ।
राष्ट्रिय परिक्षाबोर्डले यहिमहीनाको अन्त वा असोजको पहिलो सातादेखी परिक्षागर्ने तयारी गरीरहेको छ । तर जितपुर सिमरा उपमहानगरले अझैं परिक्षार्थीलाई वेवास्थागदै कुनै तयारी नरहेकोले तुरुन्त भ्यक्सिन लगाउन विज्ञपती मार्फत माग गरेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close