म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

सेनाले सत्ता कब्जा गरेको म्यानमारमा ४० पुरुषको सामुहिक हत्या गरेको खुलासा भएको छ । बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो । प्रत्यक्षदर्शी र यस घटनाबाट बचेका मानिसहरुका अनुसार सैनिकले अलग–अलग समूहमा विभाजन गरेर हत्या गरेको हो ।

सैनिकको समूहमा १७ वर्षको किशोरलाई समेत सामिल गरिएको उनीहरुको भनाइ छ । घटनाको भिडियो फुटेज र तस्वीरमा पीडितको हत्या गनुअघि उनीहरुलाई एकदमै प्रताडित गरिएको देखिएको छ । उनीहरुलाई सामुहिक चिहानमा गाडिएको समाचारमा उल्लेख छ । उनीहरुको हत्या विपक्षीको गढ मानिएको म्यानमारको कानी क्षेत्रका विभिन्न चार स्थानमा गरिएको थियो ।

गत फेब्रुअरीमा आङ सान सूचीको नेतृत्व गरेको लोकतान्त्रिक सरकारलाई सेनाले कब्जामा लिएपछि त्यहाँका स्थानीयले विरोध गर्दै आइरहेका छन् । सेनाविरुद्धको आन्दोलनमा अहिलेसम्म १ हजार भन्दा बढी मनिसको मृत्यु भइसकेको छ । साभार ईमेज खबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close