रक्सौलमा रात्रिकालीन कफ्र्यू

बिहार सरकारले रात्रिकालीन कफ्र्यू लगाएको छ । ओमिक्रोनको सङ्क्रमण फैलिरहेको अवस्थामा मुख्यमन्त्री नीतीश कुमारको अध्यक्षतामा बसेको मन्त्रिस्तरीय निर्णयले जनवरी ६ देखि २१ तारिखसम्म राति १० देखि बिहान ५ बजेसम्म कफ्र्यू लागू गर्ने निर्णय गरेको हो ।

यससँगै अब बिहारमा आपत्कालीन सेवाका पसलहरूबाहेक राति ८ बजेसम्म मात्र अन्य पसलहरू खुला रहनेछन् । यसैगरी, अन्तिम संस्कारमा बीसजनाभन्दा बढी मानिस सहभागी हुन नपाउने, सपिङ मलहरू पूर्णरूपमा बन्द गर्नुपर्ने, मन्दिरमा पुजारीले मात्र पूजा गर्ने, सिनेमाहल, जिम, पार्क, क्लब बन्द गर्ने, कक्षा ८ सम्म अनलाइन र कक्षा ९ देखि १२ सम्म कुल सङ्ख्याको आधा विद्यार्थी सङ्ख्याको उपस्थितिमा सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

रेस्टुरेन्ट र ढाबा पनि पचास प्रतिशत मात्र खुल्ने तथा विवाहमा पचासभन्दा बढीको सहभागिता वर्जित गरिएको छ । सरकारी एवं गैरसरकारी कार्यालयहरू पनि आधा कर्मचारीको उपस्थितिमा खुल्ने र बाहिरी व्यक्तिलाई कार्यालयमा प्रवेश निषेध गरिएको छ । सार्वजनिक कार्यक्रममा पचासजनाभन्दा बढीको सहभागिता गर्न नपाउने निर्णय गरिएको छ ।

यसैबीच, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै रक्सौल रेलवे स्टेशनमा कोभिड परीक्षण तथा खोप दिने कार्य शुरू गरिएको छ । कोरोनाविरुद्धको दोस्रो खोप दिनुका साथै स्टेशनमा बिहान ६ देखि राति ९ बजेसम्म दुई सिफ्टमा कोरोनाको जाँच पनि भइरहेको छ । अन्य राज्यबाट आउने यात्रीहरूलाई विशेष ध्यान दिइएको बताइएको छ । eprateek

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close