क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषन यादवको अर्को सफलता ,चोरीको १८ मोबाईल फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाईयो ।

वीरगंज , असार १८ गते बिहीबार ।

जिल्ला प्रहरी कार्यालय, पर्सा बीरगंजको अर्को सफलता , क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषन यादवको कमान्डमा खटिएको टोलिले बिरगंज महानगरपालिका लगायत बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका तथा चोरी भएका भनि जिल्ला प्रहरी कार्यालयमा पर्न आएको निवेदनका सम्बन्धमा आवश्यक अनुसन्धान तथा खोज तलास गरी बिभिन्न कम्पनीका १८ थान मोबाईल फेला पारी सम्बन्धीत मोबाईल धनिहरुलाई आज उहाहरुको जिम्मामा बुझाइएको छ । साथै अन्य निवेदनहरुको हकमा अनुसन्धान तथा खोज तलास कार्य जारी रहेको र फेला परेमा सम्बन्धीत धनिलाई फोन मार्फत जानकारी गराईने जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम ब्रान्चका प्रहरी निरीक्षक रबिभुषन यादबले पर्सा पोस्टलाई जानकारी गराउनु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close