
महोत्तरी जिल्लाको गौशाला नगरपालिका ४ विरता स्पोर्टस क्लवको आयोजनामा पुस१६ गते शुक्रवारका दिन देखि प्रदेश स्तरीय फुटवल प्रतियोगिता हुने आयोजकले जनाएका छन । यो प्रतियोगिता प्रदेश न २ को शान मात्र नरहेर गौशाला नगरपालिका पनि शान रहेका छन जुन कि दस वर्ष देखि लगातार भईरहेका छन ।
गौशाला गाउँविकास समितिका भुतपुर्व अध्यक्ष तथा विकासप्रमि स्वा। राम लखन चौधरी हुनु हुन्थ्यिो उहाँलाई अज्ञात व्यक्ति द्वारा हत्या गरेका थिए । त्यसै समय देखि प्रदेश स्तरीय फुटवल प्रतियोगिता स्व। राम लखन चौधरीको स्मृतिकप नकआउट हुँदै आईरहेको छ । उक्त प्रतियोगितामा सहभागी हुन समयमै सम्पर्क गरि आफ्नो टीमको फारम बुझाई आग्रह गरेका छन।
प्रतियोगितामा प्रथम पुरस्कार कप,प्रमाण पत्र ,मेडल सहित नगद ६०हजार, दोस्रोलाई कप प्रमाण पत्र मेडल र नगद ३० हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद २ हजार ,त्यसैगरी बढि गोल गर्ने खेलाडीलाई नगद १५ सय प्रदान गरिने आयोजकले जनाएका छन।रासस




