
भुक्तानीको विषयमा विवाद भएपछि पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवले लेखापाल रामकुमारलाई हातपात गर्ने प्रयास गरेको आरोप लागेको छ । उपभोक्ता समितीलाई भुक्तानी गर्न बाध्य बनाइएपछि लेखापालले आफू आर्थिक ऐन विपरित कुनैपनि अर्थमा भुक्तानी गर्न नसक्ने अडानमा रहेकोले उनी माथि उनकै निवासमा प्रमुख यादवले लेखापाल रामकुमारलाई हातपात गर्न केहि व्यक्तिहरुलाई पठाएको बताइएको छ ।
सो घटना बारे जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी समेत परेको बुझिन्छ । निकै लामो समय अघिदेखि खरिद, विकास निर्माण, भुक्तानी र सामाजिक गतिविधीहरुमा निकै ठूलो अनियमितता हुन थालेपछि कार्यालय प्रमुख सालिग्राम ढकाल र लेखापाल रामकुमारले नगरप्रमुखको कामकारवाही प्रति आक्रोश देखाउ“दै आएका थिए ।
सोही विषयलाई आधार बनाउ“दै अस्ती मात्र प्रमुख यादवले बारम्बार अख्तियारले डसेको भरत यादवलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने मनसायले हाजिर गराएपछि प्रमुख यादवको मनसाय माथि प्रश्न चिन्ह खडा भएको हो । जिल्ला विकास समिती बारामा रह“दा बारम्बार भ्रष्टचारको आरोपमा निलम्बनमा परेका भरत यादवलाई कार्यालय प्रमुख बनाउन खोज्नुको पछाडि भ्रष्ट मनोवृद्धि नै प्रमुख कारण रहेको पर्सागढी नगरपालिकाका वासिन्दाहरु बताउ“छन् ।
यसबारेमा नगरप्रमुख लोकनारायण यादवस“ग सम्पर्क गर्न खोज्दा फोन लागेन । उता यादवले आफै अध्यक्ष रहेको एक सामाजिक संस्थालाई बारम्बार रकम भुक्तानी गर्न बाध्य बनाइनु नियम विपरित सरकारी कार्यालयलाई भौत्तिक सामाग्री उपलब्ध गराउनु बोर्डले गरेको निर्णय विपरित गतिविधी गर्नु, कमिशनको कुरा नमिल्दा करोडौं रकम फ्रिज हुनुले उक्त नगरपालिका समस्याग्रस्त बन्दै जान थालेको हो । jyoti dainik




