
वीरगञ्ज ५ भदौ । गोकुल स्मृती प्रतिष्ठान द्धारा गोकुलेश्वर महादेव मन्दिरको शुक्रवार भुमिपुजन कार्यक्रम सम्पन्न भएको छ ।
वीरगञ्ज वडा नं २४ रामगढवा स्थित श्री राम जानकी मन्दिरको पश्चिम क्षेत्रमा रहेको १० धुर निजी जग्गामा मन्दिरको निमार्णको लागी पुमिपुजन कार्यक्रम सम्पन्न भएको गोकुल प्रसाद कुर्मिका छोरा तथा जसपाका नेता, अधिवत्ता सुरेन्द्र प्रसाद कुर्मिले बताएका छन ।
गोकुल प्रसाद कुर्मिका राजनितीक, समाजिक क्षेत्रमा अहमभुमिका रहेकोेले उनको नामबाट साउन २४ गते प्रतिष्ठनको गठनगरीएको थियो र प्रतिष्ठानको पहीलो काम गोकुल प्रसाद कुर्मिका भाई जगरनाथ प्रसाद कुर्मि द्धारा मन्दिरको पुमिपुजन कार्य सम्पन्न भएको अधिवत्ता कुर्मिले जानकारी गराएका छन । उनका अनुसार मन्दिरका निर्माणकार्य १ वर्षमा सम्पन्न हुने छ ।
कार्यक्रममा पर्साका विभिन्न पालिका समाजस सेवी, राजनितीकर्मि, धर्मगुरु, लगायत स्थानियहरुको सहभागीता रुहेको थियो ।




