
लण्डन , कार्तिक १९ गते बुधबार ।
नेपाल प्रेस युनियनका महासचिव तथा हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीलाई जिपीके फाउन्डेसन अमेरिकाले सम्मान गरेको छ ।
कोरोना भाइरसको महामारीका बेला प्रवासमा रहेका नेपालीहरुको समस्या र मुद्दाहरुमा सक्रियतापूर्वक कलम चलाए वापत फाउन्डेसनले शिवाकोटी सहित विश्वका विभिन्न देशमा क्रियाशिल नेपाली पत्रकारहरुलाई सम्मान गरेको फाउन्डेसनका अमेरिकाका संयोजक सोमनाथ घिमिरेले जानकारी दिएका थिए ।
सुशासनका क्षेत्रमा सक्रियतापूर्वक कलम चलाए वापत केहि महिना अगाडी शिवाकोटीलाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट पुरस्कृत गरेको थियो ।
सम्मानित हुनुहुने पत्रकार शिवाकोटी २०५४ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्ध भई ईमेज टिभी, नेपाल वान टिभी, रेडियो नेपाल लगायतका संचार माध्याममा रहेर काम गरिसकेका छन् ।




