
अजित भुजेल
वीरगंज, फागुन २३ गते आइतबार ।
प्रेष मञ्च नेपालको पर्साबाट उपाध्यक्ष समेत ९ जना केन्द्रिय सदस्य हुन सफल भएकोमा वीरगंजको स्वीमिङ्गपुलमा टिका लगाई गम्छामा ओढाई सम्मान गरिएको छ ।
जनता समाजवादी पार्टी नेपाल, बीरगंज महानगर कार्य समितिद्वारा आज समायोजनमा परेको प्रेस मंच नेपाल का साथीहरुलाई टिका र गम्छा ओढाई सम्मान गरिएको छ ।
बिरगंजको स्विमिंगपुलमा आयोजित उक्त कार्यक्रम नगर अध्यक्ष लियाकत अलिको अध्यक्षतामा संचालन भएको थियो भने कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शशि कपूर मिया ,जिल्ला सचिव उमेश लाल साहनी, युवा नेता मुकेश द्विवेदी ,जी.स.स का सदस्य आमोद यादव, आशुतोष चतुर्वेदी, भुसाल चौरसिया ,अफरोज आलम,शशि पाण्डे लगायतका साथि हरूको उपस्तिथी रहेको थियो ।
सम्मानित हुने पत्रकार साथीहरुमा प्रेस मंचका केन्द्रीय उपाध्यक्ष बिरेन्द्र साह (हिट्लर), सहित सदस्यहरुमा क्रमशः विजय ठाकुर, किरण सत्याल, आस महमद मियां, त्रिलोकी यादव, मनोरंजन यादव, सन्नी कुमार महतो उपस्थिति रहेको थियो।




