आजबाट ‘समय दृष्टि’ पत्रिका प्रकाशनः प्रेस सेन्टर नेपालद्धारा बधाई तथा प्रगतिको शुुभकामना (वक्तव्यसहित)

पत्रिका देशभर पुर्याउने प्रकाशन गृहको योजना
गोविन्दराज नाथ

काठमाण्डौं । आजबाट राजधानीमा ‘समय दृष्टि’ पत्रिका प्रकाशनमा आएको छ । रोशी डिजिटल प्रा.लि.ले ‘समय दृष्टि’ पत्रिका प्रकाशन गरेको अवसरमा प्रेस सेन्टर नेपालले प्रकाशक तथा सम्पादकीय समूहलाई बधाई एवं उत्तरोत्तर प्रगतिको शुभकामना ज्ञापन गरेको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीले हिजो शुभकामना वक्तव्य सार्वजनिक गर्दै रोशी डिजिटल प्रालिद्धारा प्रकाशन गरिएको ‘समय दृष्टि’ पत्रिका जनमनको विश्वास र लोकप्रिय सञ्चारमाध्यमको रुपमा अघि बढ्न सफल रहोस भन्दै शुभकामना दिएका हुन ।

प्रकाशनमा आएको उक्त पत्रिकाको अनलाईन संस्करण समेत सञ्चालनमा रहेको प्रकाशन समूहले बताएको छ । उक्त पत्रिकामा नेपाली, अंग्रेजी र तामाङ भाषामा समेत समाचार तथा जानकारीमूलक सामाग्रीहरु प्रकाशन हुने प्रकाशकले बताएको छ ।

प्रकाशकका अनुसार आज पत्रिकाको पहिलो अंक पाँच हजार प्रति बजारमा पुर्याइने भएको छ । त्यस्तै प्रकाशकले आजबाट प्रकाशनमा आएको उक्त ‘समय दृष्टि’ साप्ताहिक हरेक हप्ताको शुक्रबार बजारमा आउने तथा अनलाईन संस्करण भने सधैव नयाँ नयाँ समाचार सामाग्रीहरु सहित प्रकाशनमा आउँने जानकारी दिएको छ ।

यस अवसरमा प्रेस सेन्टरका अध्यक्ष जैसीले आफ्नो शुभकामना वक्तव्यमा भनेका छन–‘राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा देखिएका सम्पूर्ण समस्याहरुको मुख्य केन्द्र मुलुकमा रहेको दलाल संसदवाद हो भन्दै सडक, सदन र विभिन्न आन्तरिक छलफलका क्रममा उठिरहेका आम नागरिकका प्रतिनिधिमूलक आवाजहरुलाई बुलन्द गर्दै जनन्यायीक व्यवस्थाको पक्षमा, रुपान्तरण तथा अग्रगमनको पक्षमा बल पुर्याउँनु नै वर्तमान अवस्थामा आमसञ्चार माध्यमहरुको सामाजिक दायित्व हुन जान्छ ।’

उनले भर्खर प्रकाशनमा आएको ‘समय दृष्टि’ पत्रिकाले अपुरो रहेको त्यो सामाजिक तथा राष्ट्रिय दायित्व पुरा गर्दै अघि बढ्ने विश्वास गर्दै भनेका छन–‘यस प्रकाशन समूहले जसरी आफ्नो तयारी अगाडी बढाएको छ, त्यसबाट हामीले जनआवाज बुलन्द गर्दै र सञ्चार माध्यमको राष्ट्रिय एवं सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नेछ भन्ने विश्वास समेत गरेका छौं ।’

शुभकामना वक्तव्यमा राज्यको समग्र विकास, सामाजिक सांस्कृतिक रुपान्तरण, राष्ट्रिय एकता, स्वाधिनता र कला संस्कृतिको विकास एवं संरक्षणका साथै जनन्यायीक व्यवस्था प्राप्तिका लागि जनताको परिवर्तन, रुपान्तरण र अग्रगमनका आवाजहरुको प्रष्फुटन गर्दै ‘समय दृष्टि’ पत्रिकाले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको समेत जनाइएको छ ।

वक्तव्यमा अध्यक्ष जैसीले समाजमा व्यप्त भ्रष्टाचार, दलाली, अनियमितता तथा राष्ट्रघाती, जनघाती प्रवृति र संस्कारहरुका विरुद्ध कलम तिखार्दै अघि बढ्न आवश्यक रहेकोमा जोड दिर्दै ‘समय दृष्टि’ लाई जनमनको लोकप्रिय सञ्चारमाध्यमका रुपमा विकास गर्न सुझाव सहितको शुभकामना व्यक्त गरेका छन ।

उक्त मिडिया प्रकाशनमा आउँदै गर्दा विभिन्न राजनीतिक दल, सामाजिक संघ, संगठन तथा अभियन्ताहरु, सस्थान, औद्योगिक व्यापारीक, लेखक, साहित्यकार, बुद्धीजीवी र आम सुभेच्छुकजनहरुले समेत बधाई तथा शुभकामना सन्देश दिदैं आएका छन । त्यस्तै सबैको सुझाव सल्लाह अनुसार पत्रिकालाई व्यवस्थित गर्दै अघि बढाउने प्रकाशकको भनाई रहेको छ ।

‘समय दृष्टि’ पत्रिकालाई पहिलो चरणमा राजधानी काठमाडौंका सबैं क्षेत्रका पाठक, सुभेच्छुकजनमा विस्तार गर्दै दोश्रो चरणमा प्रदेश नम्बर तीनका दोलखा, काभ्रे, सिन्धुली, सिन्धुपलाञ्चोक, मकवानपुर लगाएत सबै क्षेत्रमा विस्तार गर्ने र तेश्रो चरणमा देशमा मुख्य शहर सहित सबैतिर पुर्याउने योजनाका साथ अघि बढेको प्रकाशक समूहले बताएको छ ।

दुई कलरमा छापिएको उक्त पत्रिका आठ पेजको रहेको छ । पत्रिकामा राष्ट्रिय, अन्तराष्ट्रिय, स्थानीय क्षेत्रका खेल, राजनीति, मनोरञ्जनात्मक, विचारधारात्मक, वहसमूलक, नागरिक प्रतिकृयात्मक र ज्ञान विज्ञान लगाएत विविध पक्षका समाचार तथा जानकारीमूलक सामाग्रीहरु समेटिएका छन । पत्रिकाको मुद्दण घिम्ले अफसेट प्रेस अनामनगर रहेको छ ।

पत्रिकाको सल्लाहकारमा सामाजिक अभियन्ता तथा राजनीतिज्ञ तिलक थापा मगर रहेका छन भने त्यसको प्रधान सम्पादकमा लेखक, साहित्यकार समेत रहेका पत्रकार योगेश राल्फाली, सम्पादकमा पत्रकार सुगन्धराम श्रेष्ठ र कार्यकारी सम्पादकमा पत्रकार इन्दिरा वाईवा रहेका छन ।

त्यस्तै पत्रिकाको कानुनी सल्लाहकारमा उपेन्द्र कुमार आले काभ्रे संवाददातामा मानबहादुर मोक्तान, दोलखा संवाददातामा मिन बहादुर तामाङ, व्यवस्थापकमा सूर्यमान तामाङ लगाएतको टिम रहेको बताइएको छ ।

पत्रिकाको प्रधान कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर ३२, कोटेश्वरमा रहेको बताइएको छ । त्यस्तै पत्रिका सम्बन्धी सुझाव, प्रतिकृया वा कुनैपनि सूचना, जानकारी भएमा सम्पर्क गर्नका लागि आग्रह गर्दै प्रकाशन समूहले फोन नम्बर ०१–५११७२४७ र ९८६१२९१०५५ खुला राखेको समेत जनाएको छ । बाँकी प्रेस सेन्टर नेपालले ज्ञापन गरेको शुभकामना वक्तव्यको पूर्णपाठ यस्तो छ……

प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति, काठमडौं ।

बधाई तथा उत्तरोत्तर प्रगतिको शुुभकामना !

रोशी डिजिटल प्रा.लि. ले हरेक हप्ताको शुक्रबार साप्ताहिक पत्रिका समयदृष्टि र त्यसको अनलाईन संस्करण प्रकाशन शुरु गरेकोबारे सुखद खबर पाउँदा अत्यन्त खुशी लागेको छ । यस सुखद अवसरमा सम्पूर्ण श्रमजीवी तथा जनपक्षीय पत्रकारहरुको हक, हित, अधिकार र पेशागत सुद्धताका पक्षमा आफ्नो स्थापनाकालदेखि नै संघर्षरत हाम्रो संगठन ‘प्रेस सेन्टर नेपाल’ केन्द्रीय समिति प्रकाशन तथा सम्पादकीय समूहलाई बधाई तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिन चाहन्छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीवीकाको सवालमा देखिएका सम्पूर्ण समस्याहरुको मुख्य केन्द्र मुलुकमा रहेको दलाल संसदवाद हो भन्दै सडक, सदन र विभिन्न आन्तरिक छलफलका क्रममा उठिरहेका आम नागरिकका प्रतिनिधिमूलक आवाजहरुलाई बुलन्द गर्दै

जनन्यायीक व्यवस्थाको पक्षमा, रुपान्तरण तथा अग्रगमनको पक्षमा बल पुर्याउँनु नै वर्तमान अवस्थामा आमसञ्चार माध्यमहरुको सामाजिक दायित्व हुन जान्छ । राज्यशक्तिको चरम दुरुपयोग गर्दै राज्यसंयन्त्र जसरी संस्थागत भ्रष्टाचारको खालमा डुबेको छ, जनतामाथि चर्को कर, महंगी, सामाजिक अपराध र समस्याको भारी थुपारिएको अवस्था जो देखिराखेको छ, त्यसका विरुद्ध अग्रगमन, सुशासन, जनन्यायीक पद्दती र राष्ट्रियताको विकासको पक्षमा कमल चलाउनु आवश्यक छ । कतिपय सञ्चारमाध्यमहरुले शक्ति र सत्ताँको गुनगान मात्र गाउने, सत्य, तथ्य, निष्पक्ष, सन्तुलित समाचार प्रवाह नगर्दा पत्रकारीता क्षेत्रप्रति पछिल्लो समय केही प्रश्न चिन्हहरु समेत खडा भैरहेको अवस्थामा यस प्रकाशन समूहले जसरी आफ्नो तयारी अगाडी बढाएको छ, त्यसबाट हामीले जनआवाज बुलन्द गर्ने र सञ्चार माध्यमको राष्ट्रिय एवं सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्नेछ भन्ने विश्वास समेत गरेका छौं ।

राज्यको समग्र विकास, सामाजिक सांस्कृतिक रुपान्तरण, राष्ट्रिय एकता, स्वाधिनता र कला संस्कृतिको विकास एवं संरक्षणका साथै जनन्यायीक व्यवस्था प्राप्तिका लागि जनताको परिवर्तन, रुपान्तरण र अग्रगमनका आवाजहरुको प्रष्फुटन गर्दै पत्रकारीताको क्षेत्रमा यस प्रकाशन समूहले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गर्दछौं ।

अत्यमा, ‘समयदृष्टि’ साँच्चिकै वर्तमानको समस्यालाई केन्द्रमा राखेर समाधानका विकल्पहरु दर्साउने, भ्रष्टाचारी, दलाली, अपराधीक गतिविधि, राष्ट्रघाती, जनघाती प्रवृति तथा संस्कार विरुद्ध खरो कलम चलाउने, सूचना सम्प्रेषणमा फरक पहिचान बनाउँदै जनमनको विश्वासिलो तथा लोकप्रिय सञ्चार माध्यमका रुपमा स्थापित हुन सकोस् ! धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
मितिः २०७७ श्रावण, २९ गते ।
……………
लोकराज जैसी
अध्यक्ष
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति, काठमाडौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close