क्रियाशील सदस्यबाट नाम हटाइएको भन्दै वडा सभापतिले गरे कांग्रेसको क्रिया

आफ्नो क्रियाशील सदस्यता खारेज गरिएको भन्दै डडेल्धुरामा एक वडा सभापतिले नेपाली कांग्रेसको क्रिया गरेका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ९ का सभापति नरबहादुर पालले क्रिया गरेको बताएका हुन्। सोमबार उनले आफ्नो कपाल खौरेको २ वटा फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली कांग्रेसको क्रियाको मेरो पहिलो दिन।’ उनले विगतदेखि आफूले पार्टीमा दिएको योगदानको अनादर भएको भन्दै रोष व्यक्त गरेका छन्।

आइतबार मात्रै सार्वजनिक भएको नेपाली कांग्रेसको क्रियाशील सदस्यता सूचिबारे जिल्लामा हंगामा मच्चिएको छ। आफूहरुले ४ तहबाट प्रमाणित गरेर सिफारिस गरेको नाममा व्यापक हेरफेर भएको भन्दै जिल्ला कार्य समितिले आपत्ति जनाएको हो। hamrakhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close