
अजित भुजेल
बिरगंज , भदौ २५ गते शुक्रबार ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पर्साले शुरुको गरेको “चाय पर चर्चा ” कार्यक्रम शुक्रवार बीरगन्जको वडा नं. २४ रामगढवामा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका नेता राजेशमान सिंहले पर्सावासी अब एक हुनु पर्ने बताएका थिए । नेता सिंहले युवाहरुलाई एकिकृत गर्ने कार्य लोसपाले शुरु गरेको वताउँदै जनताको समस्या समाधानका लागि पार्टीका नेताहरु अग्रपंक्तिमा खडने वताएका थिए ।
रामगढवाको कुर्मी धर्मशालामा सम्पन्न भएको कार्यक्रममा जनताको समस्या तथा समसमायिक बिषयको बारेमा छलफल भएको थियो । कार्यक्रममा लोसपाका नेता प्रेमबावु पटेल,मुकेश द्विवेदी,उमेश प्रसाद सहनी,शशि पाण्डे,रामानन्द पटेल लगायतको उपस्थिती रहेको थियो भने स्थानिय अगुवा नेता तथा पार्टीका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस