लोसपा नेपालबाट वीरगञ्ज महानगरको मेयर प्रत्याशीमा अधिवक्ता सुरेन्द्र कुर्मी निश्चित

वीरगञ्ज ११ चैत्त । वीरगञ्जमा आयोजित लोकतान्त्रिक समाजवादी पार्टीको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका कार्यकर्ता प्रशिक्षण कार्यक्रम मंगलबार वीरगञ्ज स्थित टाउन हलमा उद्घाटन भएको छ ।

सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा इमान्दार विचारधारा प्रति पूतिबद्ध, संघर्षमा जेल नेल गएका, जित्न सक्ने सक्षम व्यक्तित्वलाई मेयर पदमा लडाईने प्रशिक्षण कार्यक्रममा नेताहरुले जोड दिएका थिए ।

वीरगञ्ज महानगरपालिका प्रदुषण, भ्रष्टाचारबाट ग्रसित रहेको हुदा बीरगंज प्रदुषण, भ्रष्टाचारमुक्त र रोजगारीयुक्त बनाउन मेयर पदमा सुरेन्द्र कुर्मीलाई प्रत्याशी बनाउन वीरगञ्जका कार्यकर्ताले नेतृत्व समक्ष माग गरेका थिए।

कार्यक्रममा उपस्थित भएका वीरगञ्जका ख्याती प्राप्त अधिवक्ता सुरेन्द्र कुर्मीसग कुराकानी गर्दा आम जनताको चाहना र पार्टीको तर्फबाट मेयर पदमा टिकट दिएमा वीरगञ्ज महानगरपालिकालाई स्वच्छ र सम्वृद्ध बनाउन आफु मेयरको प्रत्याशी बन्ने कुर्मीले पनि समर्थन जनाउनु भएको थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close