कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको निर्वाचन समिति सदस्य तेज रावलले जानकारी दिए । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् । onlinekhabar

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close