
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको बीरगन्ज वडा नं. १० मा वडा कमिटी गठन गरेको छ। शनिवार रानीघाट सोनार धर्मशालामा सम्पन्न भएको कार्यक्रम मा वडा नं १० का बनारसी साह कानु को अध्यक्षता मा ३१ सदस्य वडा कमिटी गठन भएको छ ।
उक्त कमिटिमा तिलक साह कानु ,सरोज कानु ,दिलिप कानु , रन्जय कानु लगायत सदस्य रहेका छन।लोसपा नेपालका बिरगंज महानगर अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि प्रदेश संसद रमेश प्र. कुर्मि, जिल्ला अध्यक्ष पुरुषोतमलाल झा, नेताहरु सुरेन्द्र कुर्मी, रम्भा मिश्रा, राजनरायण मिश्रा, उपाध्यक्षद्वय शेख फिरोज र दिपक गुप्ता, सदस्यहरु उदय गिरी, विरेन्द्र साह लगायतले सम्बोधन गर्दै लोसपालाई बलियो बनाए मात्र मधेसी÷उत्पिडितको अधिकार र पहिचान सुनिश्चित हुनेमा जोड दिएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस