नेकपा ऐमाले छिपहरमाई गाउपालिका द्वारा होली मिलन समारोह सम्पन्न

वीरगंज, पर्सा

नेकपा ( एमाले ) छिपहरमाई गाउँपालिका द्वारा चेरगाहा मा होलिमिलन शुभकामना आदानप्रदान कार्यक्रम भब्यरुपमा सप्पन्न भएको छ।

नेकपा एमाले छिपहरमाइ गाउँ पालिका ध्दारा आयोजित कार्यक्रमका अध्यक्ष प्रह्लाद गुप्ता,प्रमुख अतिथी पार्टीको केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज प्रभु हजरा को उपस्थिति मा होली मिलन शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो।
साथै कार्यक्रम का अध्यक्ष गिरी तथा प्रमुख अतिथि हजरा ले होली रङ्ग को होली एक आपसमा साटासाट गरी मनाइने हाम्रो हिन्दूहरूको महान पर्ब भएको ले बिक्रिती को रुपमा मा होली नमनाउन आग्रह गरेका थिए साथै स्वास्थ्य मापदण्ड को पालना गरी होली मनाउन आग्रह गरेका थिए।

साथै नेकपा एमाले नै देश चलाउन को लागी नेपाल को एकमात्र पार्टी नेकपा एमाले पार्टी भएको बताएका थिए साथै आउदो स्थानीय चुनाव मा नेकपा एमाले मा नै आफ्नो मत दिएर जिताउन आग्रह गरेका थिए।

साथै उत्क कार्यक्रम मा बिभिन्न पार्टी परित्याग गरी ५० जना पार्टी प्रवेश गरेका थिए पार्टी प्रवेश गरेका ब्यत्किहरु लाइ कार्यक्रम का अध्यक्ष प्रहलाद गिरी र प्रमुख अतिथि प्रभु हजारा टिका लगाइ पार्टी मा स्वागत गरेका थिए।

बिशिस्ट अतिथी क्रमशः पार्टीको
प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी,जगरनाथपुर गाउपालिकाका मेयर जालिम मिया,छिपहरमाइ गाउपलिकाका मेयर मनोज गुप्ता, नेता बाबुराम कौशिक,जिल्ला कमिटी सदस्य खुर्रम आलम,नेता ओम प्रकाश गुप्ता लगायत का नेताहरु ले होली को शुभकामना ब्यक्त गरेका थिए भने होली मिलन कार्यक्रम मा हजारौं जनताको उपस्तिथि रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close