युवा नेता बिजय पासवान ले रा.प्र. पा बाट वीरगंज महानगर वार्ड नं २३मा वडा अध्यक्षमा उम्मेदवारी दिने

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट युवा नेता एवम् समाजसेवी बिजय कुमार पासवान आज वीरगंज महानगरपालिका वार्ड नं २३ प्रसौनी बिर्ता मा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन । भेटका क्रममा नेता पासवानले वडाको समस्याबारे स्थानिय संग छलफल गरेका थिए ।

स्थानियले वडामा सोचे जस्तो बिकाश नभएको र वर्तमान जनप्रतिनिधि आफनो व्यत्तिगत स्वार्थपुर्तिमा मात्र लागेको बताएका थिए । स्थानियले संकटको बेला सहयोग नगर्ने तथा निर्वाचनको बेला मात्र जनताको घरमा पुग्ने स्वार्थी नेताहरुको काम नभएको बताएका थिए ।

नेता पासवानले १५ बर्ष देखी अपाङ्गहरु लाइ बिभिन्न माध्यमबाट सहयोग गर्दै आएको तथा कोरोनाका कारण सरकारले लगाएको लकडाउन अवधि भरि गरिब दिनदुखीहरु लाइ सहयोग गरेका थिए ।

त्यसैगरी बाढि पहिरोको बेला पनि नेता पासवानले घर डुबानमा परेका परिवारलाई सहयोग गरेका थिए ।उनले समाजसेवालाई थप सहज र व्यवस्थित बनाउन राजनितिमा लागेको बताए ।

पासवानले समाजसेवालाई अब राजनितिको माध्यमले पुरा गर्ने बताए । उनले वडालाई महानगरकै नमुना वडाको रुपमा बिकाश गर्ने योजना रहेको बताए । नेता राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वडा नम्बर २३ प्रसौनी बिर्ता मा उम्मेदवारी दिन लागेका छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close