
पर्सा क्षेत्र नम्बर २ को (ख) मा प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहले मतदातासँगको भेटलाई तिब्र पारेका छन् ।
शनिबार बिहानै वडा नम्बर १ बजार छपकैयाँका मतदातासँग अन्तकृया गर्नुका साथै उनले जनताको सुझाव पनि लिएका छन् ।बजार छपकैयाँका मतदाताले अबको चुनावमा स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफू स्वतन्त्र उम्मेद्वार बनेर मतदाताको घरदैलोमा मत माग्न आइपुगेको भन्दै सिंहले जहिल्यै पनि मतदातासँगै रहेर काम गरेको स्मरण गर्दै आउँदा दिनमा पनि सँगै रहने प्रतिबद्धता जनाए ।यस अघि विभिन्न राजनीतिक दलमा आवद्ध रहेका स्थानीय अहिले भने पार्टी नहेरी व्यक्ति हेर्ने भन्दै स्वतन्त्र उम्मेद्वार सिंहलाई विजयी बनाउने अभियानमा समाहित हुने बताएका थिए ।
स्थानीयले बजार छपकैयाँमा रहेको मसान घाट, छठ घाट व्यवस्थापन गर्न आग्रह गर्नुका साथै सडक निर्माणको माग राखेका थिए ।स्थानीय ओमप्रकास गुप्ता, रविन्द्र महतो कोइरी, विजय सहनी, निरञ्जन मिश्र, जयप्रकाश महतो, अरसे आजम लगायत स्थानीयको सहभागिता थियो ।