पर्सा २ का गाँउ गाँउमा काँग्रेस प्रवेश गर्नेहरुको लर्को

पर्सा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।पर्सा २ को (क) अन्तर्गत पर्ने बहुदरमाइ नगरपालिका वडा नम्बर ४ मा शुक्रबार बिहान जसपाका प्रभावशाली नेता कार्यकर्ता सहित करिब ३ सय जना काँग्रेसमा प्रवेश गरेका थिए ।

शुक्रबार नै बहुदरमाई नगरपालिकाकै वडा नम्बर ६ गम्हरीयामा पनि नेकपा एमालेका दुइ दर्ज भन्दा बढि नेता कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका छन् ।

शुक्रबार बिहान गम्हरीयामा चुनावी घरदैलोका क्रममा काँग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेल पुगेका बेला एमालेका नेता लालबिहारी साह,जमुना साह,रामायण साह,रमेश साह,सुरेस साह,जगदीश साह लगायतका नेता कार्यकर्ताहरु एमाले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

एमाले परित्याग गरि काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार चौरसिया र प्रदेशसभा सदस्य उम्मेदवार पटेलले अबिर टिका लगाई पार्टीमा स्वागत गरेको काँग्रेसका जिल्ला उपसभापति अशोक कुमार गूपताले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close