अघोषित आर्थिक राजधानीलाई आधिकारीकता दिने यादवको भनाई

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ ताजपुरका स्थानीय बुद्धिजिवीसाग भेटघाट गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनबाट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले स्थानीय बुद्धिजिवीसँग आफ्ना अजेण्डाका बारेमा पनि छलफल गरेका छन् ।

छलफलका क्रममा वीरगञ्ज पथलैया औद्योगिक कोरिडोरलाई आधिकारिकता दिलाउने यादवले एजेण्डाका विषयमा विशेष चर्चा भएको छ । लामो समयदेखि अघोषित आर्थिक राजधानी तथा व्यवसायिक हबलाई आधिकारिकता दिलाउने प्रतिबद्धता यादवले व्यक्त गरेका छन् ।

नेपालको सबैभन्दा महत्वपूर्ण उद्योगहरु हुँदा पनि औद्योगिक कोरिडोर घोषणा नहुनु दुर्भाग्यपूर्ण भएको यादवको भनाई छ । वर्षाैदेखि विभिन्न आश्वासन पाएपनि निरास बनेका उद्योगी व्यवसायीहरुलाई आफुले जितेमा निराश हुन नदिने आश्वासन पनि उनले दिएका छन् ।

सडकदेखि सदनसम्म सँधैभरी यहाँका विषयलाई प्राथमिकताका साथ उठाएको बताउँदै उनले आफु सँधै जनताको प्रतिनिधि भएर काम गर्ने दावी गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close