नेपाली कांग्रेस क्षेत्र नं १ को (ख)मा कोणसभा सम्पन्न(भिडियो सहित)

बीरगंज, पर्सा

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ को (ख) मा लक्षमनवामा कोणसभा सम्पन्न भएको छ।

कोणसभा लाइ सम्बोधन गर्दै नेपाली कांग्रेस पर्सा का उप सभापति तथा निर्वाचन क्षेत्र नं १(ख)का प्रदेश सभा सदस्य उम्मेदवार रामनारायण कुर्मीले भने जनताले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।यस अघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ भनि आफ्नो भनाइ राखेका थिए।

साथै कुर्मीले भने म निर्वाचित भएपछि पुरुष सँग मात्र होइन महिलाहरु सँग पनि भेटघाट गर्ने र महिलाहरु लाइ स्वरोजगार बनाउन को सिप मुलक तालिमहरु संचालन गर्ने र निर्वाचन क्षेत्र नं १(ख) को क्षेत्र मा पर्ने प्रत्येक वडामा बर्थिग्ङ सेन्टर स्थापना गर्ने, बिधालयहरु को स्तरोन्नति गर्ने,नगवा मा रहेको स्कुल लाइ‌ प्राबिधिक स्कुल बानउने, साथै आवश्यकता अनुसार प्राबिधिक स्कुल बनाउदै जाने महिलाहरु को बिच मा प्रतिबद्धता गरेका हुन्।

साथै यस क्षेत्र बाट मुख्य मन्त्री लालबाबु राउतले जितेर पनि बिकास को लहर नदेखिएको ले अब आउदो मंसिर ४ गते को हुने संघिय तथा प्रदेश सभाको चुनावमा निर्वाचन क्षेत्र नं १(ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीलाइ नेपाली काँग्रेसको चुनाव चिन्ह (गाछी) छाप मा मतदान गरी विजय बनाउन हामि एकजुट भएर लाग्ने प्रतिबद्धता गरेका छन्।

कोण सभा कार्यक्रम अनिल रुङ्गटाको प्रमुख अतिथिमा भएको कार्यक्रममा नेपाली काँग्रेस पर्साका उप सभापति तथा प्रदेश सभा सदस्य पदका उमेदवार रामनारायण कुर्मी त्यसैगरी नेपाली कांग्रेसका नेता, ने.वि.संघ,नेपाल महिला संघ,तरुण दलका नेताहरु को उपस्थितिमा भएको कार्यक्रमको उदघोषक देव प्रकास पटेलले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close