
भारतले सीमा मिच्दा पनि सरकार लाचार : तरुण द
२७ बैशाख, काठमाडौं । नेपाल तरुण दलले सीमा रक्षाको निम्ति यथाशीघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोबर जोड्ने सडक बनाउँदा नेपाली नागरिकको आत्मामा गहिरो चोट पुगेको भन्दै तरुण दलले भूमि रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्र माथि अन्य मुलुकद्वारा कुनै पनि क्षेत्रमा गरिने हस्तक्षेप त्यस देशका नागरिकहरुलाई सह्य हुँदैन ।’
यस्तो संवेदनशील विषयमा पनि कूटनैतिक पहल नगर्दा सरकारको लाचार शैली र चरित्र उदांगो भएको टिप्पणी तरुण दलले गरेको छ ।onlinekhabar
आफ्नो प्रतिक्रिया दिनुहोस




