
रा.प्र.पा.बिरगंज वार्ड नं १७ अलौं वडा एकाई कमिटी द्वारा बिभिन एजेन्डा सहित ज्ञापन पत्र बुझाइयो
पवन प्रसाद साह
बिरगंज, पर्सा
जेठ ७ गते
राष्ट्रीय प्रजातंत्र पार्टी बिरगंज म.न.पा.वार्ड नं.१७ अलौं वडा एकाई कमिटी द्वारा बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं की वडा अध्यक्ष सुखरानी कुमारी देबी लाई ज्ञापन पत्र बुझाइएको छ। सो ज्ञापन पत्र मा उल्लेखित मुलुक को समसामयिक बिषय परिस्थिति बाट उतपन समस्या प्रति रा .प्र .पा को वडा कार्य समिति को गम्भिर ध्यान आकर्षण भएको ले सो समबन्धमा निम्न बुदाहरुमा ज्ञापन पत्र मा रा .प्र .पा.ले निर्णय गरेकोछ।
१.कोराना भाईरस को संक्रमण लाई रोकथाम गर्न लम्बिदै गरिरहेको लकडाउन को समय ले गर्दा बिपन जन्ताहरुमा पर्न गएको समस्या समाधान को लागी अबिल्मब दोस्रो चरण को राहत बितरण को ब्यवस्था हुनुपर्यो ।
२.बिगत ५\६ महिना देखी रोकी राखेको सामाजिक सुरक्षाभाता ले गर्दा लक्षित समुह लाई पर्न गएको मर्का लाई बिचार गरी तुरुन्त सो भता वडा मा बितरण गराउन ब्यवस्था मिलाउनु पर्ने।
३.महानगर को अलौं वार्ड नं १७ मा रहेको श्री द्वार देबी उच्च मा .बि लाई हाल कवारेनटाइन स्थल कायम गरिएको मा त्यहाँ बस्ने ब्यत्किहरु लाई समुचित संतुलित खाजा /खाना को ब्यवस्था गर्नु पर्ने।
४.संक्रमन को जोखिम लाई ध्यान मा राखी कवारेनटाइन स्थल लाई नियमित सेनिटाइजसन को ब्यवस्था हुनुपर्ने।
५.रोग को संक्रमण पतालगाउन १७ नं वडामा अधिकांन्स कोराना टेस्ट को ब्यवस्था गर्नु पर्ने।
६.वडा को बिकास निर्माण को काम आवश्यकता र अधिकांश नागरिक को पहुँच एंव सुबिधा हुने गरी सञ्चालित गर्नु पर्ने ।
७.नयाँयोजना भन्दा अधिकांश पुरानो अधुरो योजना लाई सम्पन गर्न तर्फ बिशेष ध्यान दिनु पर्ने।
बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं की वडा वडा अध्यक्ष सुखरानी कुमारी देबी लाई उल्लेखित बुंदा मा ७ दिन भित्र ध्यानकर्षण नभएमा रा.प्र .पा .वडा एकाई १७ ले कडा बिरोध मा उत्रने तर्फ ब्यहोरा ध्यानाकर्षण समेत गराइएको छ।
रा.प्र .पा .का वडा एकाई अध्यक्ष छठु साह कानु तथा वडा एकाई सचिव पवन साह को हस्ताक्षरित ज्ञापन पत्र मा उल्लेख गरिएको छ ।साथै ज्ञापन पत्र बुझाउनेमा रा.प्र .पा पर्सा को जिल्ला सचिव दिलिप गुप्ता, दलित संगठन का केन्द्रीय सदस्य उमेश राम लगायत को उपस्थित रहेको थियो ।