
बीरगन्ज, भदाै ०१ गते सोमबार ।
नेविसंघ पर्साका सभापित विकास तिवारी आज रिहा भएका छन् ।
गत साउन २८ गते पक्राउ परेका नेविसंघ पर्साका सभापति विकास तिवारी रिहा भएकाे जिल्ला सदस्य राहुल गुप्ताले जानकारी दिनु भएको थियो ।
नगर क्षेत्रकाे शान्ति सुरक्षामा असर पुर्याएकाे भन्दै प्रहरीले उनलाइ नियन्त्रणमा लिएकाे थियाे ।
साउन २६ गते उपचार नगर्ने अस्पताललाइ कारबाहीकाे माग गर्दै सभापति तिवारीकाे नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्साकाे मुलगेटमा नेविसंघले प्रदर्शन गरेकाे थियाे । प्रदर्शनले निषेधाज्ञाकाे अवज्ञा गरेकाे र नगर क्षेत्रकाे शान्ति सुरक्षामा खलल् पुर्याएकाे भन्दै प्रहरीले उनलाइ घरबाट पक्राउ गरेकाे थियाे ।
केही बेर अघि मात्रै उनलाइ रिहा गरिएकाे खबर प्राप्त भएको छ ।
नेपाली कांग्रेसका जिल्ला उप-सभापति राजु गुप्ता,कोषाध्यक्ष इमतियाज आलम, महासमिति सदस्य कन्हैया ठाकुर , ठाकुर राम क्याम्पसका पुर्व नेबि संघका सचिव राकेश यादव , ने.बि.संघका ठा.र.ब क्याम्पसका ईकाइ अध्यक्ष मनोज साह,नेपाली काङ्ग्रेसका जिल्ला सदस्य देव प्रकाश पटेल लगायतकाले तिवारीलाई स्वागत गरेका थिए ।




