
मैले चिनेको झपट रावल बास्तविकता र भ्रम,झपट रावल वि.सं २०३१ साल माघ ७ गते अछाम जिल्लाको बिकट बस्ती कैलासको किनारमा अवस्थित चाफामाण्डौ गा. बि.स.अन्तर्गत मुजाका मुख्या सर्प रावलको नाति तथा बुवा अम्मर रावलको कान्छो सुपुत्रका रूपमा जन्मेका थिए, तत्कालीन अवस्थामा अम्मर रावलका जेष्ठ सुपुत्र बहादुर सिंह रावल काठमाडौमै स्नातक तहको अध्ययनमा थिए भने अर्का ,माईला र साईला छोरा समेत बिध्यालय शिक्षाको निरन्तरतामा रहेको देखिन्छ,एउटा बिकट गाउँ कैलासको किनारमा जन्मिएता पनि मध्यम बर्गिय परिवार अनि पारिवारिक पृस्टभुमी सचेत र बुझ्रुक भएकाले रावललाई अध्ययन अध्यापनको लागि स्वभावतः प्रारम्भिक पाठशाला घरको बाताबरण राम्रो भएकाले कुनै समस्या भएन उनी गाउँकै विध्यालयबाट प्राथमिक तहको अध्ययन पश्चात माध्यमिक शिक्षाको लागि अन्नपूर्ण मा.बि. कालागाउँमा अध्ययन गर्न गएको देखिन्छ !!
जिल्ला कै एक उत्कृस्ट विध्यालयको रुपमा चिनिने अन्नपूर्ण मा.बि.बाट आफ्नो राजनैतिक यात्राको सुरुवात तत्कालीन निर्दल र बहुदल अर्थात पन्चायत विरोधी आन्दोलन बाट सुभारम्भ गरेको देखिन्छ , उम्मेर सानो भएता पनि त्यही अवस्थामा कालागाँउमा पन्चायतको भवन रावलको नेतृत्वमा तोडिएको तत्कालीन उहाँका निकटस्थहरु बताउने गर्दछ्न निडर,र हक्की स्वभाव भएका रावल छोटो समयमै अध्ययनको सिलसिलामा रहेको बेला जिल्ला को युवा बिध्यार्थिको कमान्डर बन्नपुगेको देखिन्छ समाजमा भएका बिकृती बिसंगतीका विरुद्ध तथा पन्चायती शासन व्यबस्था परीवर्तनका लागि बाल्यकालको जीवन नै सुम्पिएको देखिन्छ ! उच्च शिक्षा अध्ययनको लागि २०४८ तिर रावल काठमाडौ गएको देखिन्छ जतिखेर रावलका दुई दाजुहरु स्थायी शिक्षकको रुपमा अभिभावक्त्व गर्दै थिए यानिकी खाली खुट्टा काठमाडौ छिर्नुपर्ने अवस्थाको सृजना भएको देखिदैन भन्ने कुरा त नजिकका सहपाठी बाट समेत बुझिन्छ !
काठमाडौमा अध्ययनको सिलसिलामा रावल अनेरास्ववियुको केन्द्रिय नेतृत्वमा रहि बिध्यार्थी हकहित का निम्ति सदैव अग्रमोर्चामा रहदै कुशलतापुर्वक काम गरेको संगठनको ऎतिहासिक पृष्ठभुमिले समेत दर्शाएको छ अध्ययनमा तिब्र रुचि राख्ने जिज्ञासु स्वभावका प्रस्टबक्ता रावलले लोकतान्त्रिक गणतन्त्र प्राप्ति निम्ति अग्रमोर्चा रहि महत्वपूर्ण भुमिका समेत निर्वाह गरेको देखिन्छ !!
कुशल संगठक स्पष्ट बक्ता भएकै कारण रावल सुदुरपस्चिम अनेरास्ववियुको ईन्चार्ज हुँदा सवै क्याम्पसमा स्वबियु नेतृत्व कायम गराउन सफल भएको देखिन्छ एता एकजना मित्रले कैलाली बहुमुखी क्याम्पसका सभापति यज्ञ राज ढुङ्गानाले काठमाडौ दाल चामल पुर्याउने कुरा गरेछन यस्तो लज्जास्पद कुरा गर्न अलिकति पनि अप्ठ्यारो मान्नु पर्दैन होला त बरु रावल अनेरास्ववियुको जिम्मेवारीमा रहँदा संगठनको कोष मजवुत निर्माण भएको र रावलले कुनै ब्यक्ती वा संगठन वाट कुनै शीर्षकमा रकम नलिएको सहयात्रीहरु अनुभव सुनाउदैछ्न !!
शक्तीको दुरुपयोग गर्नेभए मलाई लाग्छ रावल युवा संघ नेपालको २/२ पटक केन्द्रिय उपाध्यक्ष समेत भइ जिम्मेवारी समाल्दा कहिँ कतै आर्थिक प्रलोभनको कुरा देखिएन,पार्टी संगठनले दिएको जिम्मेवारीलाई आत्मसात गर्दै जस्तोसुकै परिस्थितिमा पनि नेतृत्वको बागडोर समाल्न तयारहुने सरल स्वभाव र स्पष्ट बिचारभएका बौद्धिक ब्यक्तित्व माथिको प्रहारले कतै काम नगरी कालाकोठिमा सडयन्त्रका तानामाना बुन्ने प्रबृती भएका हरुको छट्पटी त होईन?पार्टी र संगठनले दिएको जस्तोसुकै जिम्मेवारी सफलता पुर्वक समाल्न सक्ने सरल स्वभाव भएका रावल,मन्त्री को सचिवालय बस्दा समेत निर्भीकताका साथ निस्कलंक भैइ सफलतापुर्वक कार्यसम्पादन गरेको देखिन्छ !
अनि रावल,नेकपा एमालेको तत्कालीन केन्द्रिय कमिटी सदस्य तथा कैलाली इन्चार्ज भैइ स्थानीय तह प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हुँदाको बिजय उल्लासलाई के नयाँ ईतिहास भन्न मिल्दैन होला त यस्मा नि उहाँको सफलता अनि असफलता केहो नियालेर हेर्दा भैहाल्यो नि है कम्रेड,प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेपस्चात समग्र कैलालीको बिकास र संबृद्वीका लागि नयाँ ईतिहास कायम भएको छ कि छैन भनी एकपटक कैलाली क्षेत्र नं. २ का जनतालाई सोध्नु अनि राज्यको नजर नपरेको बादी बस्ती हेर्नु र भुगोलको समग्र स्थिति अध्ययन गर्न (पुल,पुलेसो,बाटाहरु र अन्य संरचना हेर्न) स्कारपियो लिएर हिंड्दा नि हुन्छ किनकी भौतिक प्रगती र क्षेत्रको बिकास नियालेर त यथार्थ भन्न सकिएला त कम्रेड ,त्यसै ढोल पिटाइ किन गर्नु र सदनको ईतिहास हेर्दा भैहाल्यो नि आफ्नै सरकारका विरुद्ध रातो बुक फिर्ता गर्न नि हिम्मत चाहिन्छ होला कम्रेड,पछिल्लो पटक,नेपालमा वनलाइनको कमी छैन । एक वनलाइनले कैलाली २ का माननिय तथा नेकपाका युवा नेता झपट रावलको बारेमा लेखेको एक समाचार पढ्दा हाँसो उठ्यो र केही कुरा भन्न मन लाग्यो ।
१–झपट रावलको पारिवारिक अवस्था के हो भन्ने कुरा समाचार लेख्ने पत्रकार भन्दा उहाँ जन्मेको अछाम जिल्लाको चाफामाण्डौका स्थानियहरुलाई बढी थाहा छ । रावलका जेठा दाजु २०२८ सालमा काठ्माण्डौं अध्यन गर्ने सिमित अछामका बिद्दार्थी मध्य एक हुन । २०२८ सालमा नै छाेरालाई काठ्माण्डौं पढाउन सक्ने परिवारका सदस्य अनि झपट रावल काठमाडौ छिर्दा त घरमा दुई दाजु स्थायी सिक्षक थिए अनि अछामबाट काठ्माण्डौ खाली खुट्टामा अाएकाे तर्क नै हास्यास्पद हाे । हो, उहाँलाई दैवले आमा बुवाको ममताबाट बिमुख बनायो, त्यसै कारणले झपट रावल खाली खुट्टा काठ्माण्डौ पुगेको भनि समाचार लेख्ने पत्रकारको तर्क हो भने यो समाचार लेख्ने पत्रकारका कुनै पनि सन्तानलाई झपट रावलले जस्तै आमा बाबुको ममताबाट बालक अवस्थामा नै बिमुख हुनु नपरोस भन्ने कामना गरौं ।
२–झपट रावल २०४६ सालमा जन अान्दाेलनमा अन्नपुर्ण मावि कालागाउमा पञ्चायत स्तम्भ ढाल्ने बिद्दार्थी अान्दाेलनका नेतृत्वकर्ता मध्य एक हुन । २०४९ सालमा उहाँ अखिलकाे तर्फबाट शंकरदेव क्याम्पसकाे स्ववियु सचिवकाे उम्मेद्वार पनि हाे । २०५० सालमा उहाँ अखिलको अछाम जिल्ला कमिटीको उपाध्यक्ष भएको अछाम जिल्लामा सबैलाई थाहा छ ।




