
बिरगंज , पौष १६ गते बिहीबार ।
४५औं राष्ट्रिय एकता मेलमिलाप दिवसको उपलक्ष्यमा नेपाली कांग्रेस पर्साले पार्टी कार्यालयमा मुर्लीमा चियापानको आयोजना गरेको थियोे । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अजय चौरसिया , पुर्व मन्त्री सुरेन्द्र चौधरी , पुर्व सान्सद राजेन्द्र बहादुर अमात्य , प्रदेश सान्सद ओमप्रकाश शर्मा , रामनारायण कुर्मी , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , सचिब श्याम पटेल ,जसपाका नेता शिव पटेल , नेजामुदिन समानी , तबरेज अहम्द , ओमप्रकाश सरार्फ , कन्हैया लाल केसरी ,वडा न.१० का वडा अध्यक्षरामनगिना साह,नेपाली कांग्रेसका युवा नेता बैकुण्ठ श्रीवास्तव,मनोहर साह,मनोज राउत कुर्मी,रोशन सिंह,धिरज गुप्ता,ने.बि.संघका जिल्ला सदस्य राहुल गुप्ता ,नेपाल पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष दिपेन्द्र चौहान , उपाध्यक्ष केसि लामिछाने , सदस्य जगत राई, निरज पिठाकोटे मगर , लगायत कार्यक्रममा विभिन्न राजनीति दलका नेता कर्याकर्ता, स्थानीय प्रहरी प्रशासनका प्रमुख,समाजसेवी,उद्योगपति,व्यापारी र पत्रकारको उल्लेखनीय सहभागीता रहेको थियो ।




