
वीरगञ्जमा काँग्रेसको ब्यापक बिरोध प्रदर्शन,नेताहरुले भने सरकार भ्रष्टाचारमा लिप्त
मँसिर २९ वीरगञ्ज
नेपाली काँग्रेस पर्साले सदरमुकाम वीरगञ्जमा सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको छ ।काँग्रेस पर्साले बिरोध कार्यक्रम अन्र्तगत बिहान ११ बजेदेखि घण्टाघर चोकबाट रयाली निकाल्दै नगर परिक्रमा गरेको थियो ।नगर परिक्रमा गरेपछि फेरि घण्टाघरमै आएर ।याली कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै काँग्रेसका नेताहरुले बर्तमान कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए ।कोयाण् सभामा बोल्ने नेताहरुले जनताको पिरमर्कालाई सरकारले कुनै पनि किसिमले ध्यान नदिएको बताउदै बर्तमान सरकारको आयु लामो नरहेको नेताहरुको जिकिर थियो ।
उनीहरुले अहिले देशमा किसानहरुले बिउ बिजन नपाएको तथा आफनै पैसा पाउनको लागि पनि किसानहरुले काठमाडौंमा आन्दोलन गर्नु परेको समेत बताएका थिए ।कोण सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले सरकारले कोरोना महामारी तथा लकडाउनको समयमा खरिद गरिएको औषधिमा समेत भ्रष्टाचार गर्न नछाडेको बताएका थिए।
कोरोना नियन्त्रणका लागि खरिद गरिएको मास्क पिसिआर मेसशनमा भ्रष्टाचारको आरोप नलागेको तर, नेपाल सरकारमाथि उक्त आरोप लागेको नेता चौरसियाले बताए ।उनले राष्ट्रबादको नाम लिएर भोट लिएको कम्युनिष्ट सरकार आज जनताको बिचमा देखिन छाडेको आरोप लगाएका थिए ।
सरकारले किसानहरुको लागि मलखादको समेत ब्यावस्था गर्न नसकेको भन्दै चौरसियाले सिमावर्ती नेपालका किसानहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा पनि प्रहरीले समातेर भन्सार बुझाई दिने गरेको जिकिर गरे ।कोरोना नियन्त्रणका लागिखरिद गरिएको मास्क पिसिआर मेशिनमा भ्रष्टाचारको आरोप नलागेको तर, नेपाल सरकार माथि उक्त आरोप लागेको नेताचौरसियाले बताए ।
कोण सभालाई सम्बोधन गर्दै पुर्ब मन्त्री एव केन्द्रिय सदस्य सुरेन्द्र चौधरीले जनतालाई खाडलमा पारेर सरकार भ्रष्टाचारतर्फ ध्यान केन्द्रित गरेको बताए ।उनले बर्तमान सरकारले नेपाली जनतामाथि करको बोझ थुपारेको आरोप लगाएका थिए ।
सरकार भ्रष्टाचारमा डुबेको बताउदै चौधरीले कम्युनिष्ट सरकारका मन्त्रीहरुमाथि अरबौ भ्रष्टाचार गरेको आरोपहरु रहेको जिकिर गरेका थिए ।बिरोध प्रदर्शनमा सँबिधान सभा सदस्य अनिल रुङटा,प्रदेश सभा सदस्य राजेशवर साह तेली,शँकर चौधरी,वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की,नेपाली कांग्रेसका युवा नेता धिरज गुप्ता,मनोहर साह,रोशन सिंह,युथ कांग्रेस नेपालका प्रदेश सदस्य राहुल गुप्ता लगायत स्थानीय तहमा काँग्रेसबाट निर्बाचित प्रमुख उपप्रमुखसहित नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।