नेपाली काङ्ग्रेस बिन्दवासिनी गाउपालिकाद्वारा मोटरसाइकल रयाली तथा बिरोध प्रदर्सन ।

बिरगंज , माघ ०३ गते शनिबार ।

देशव्यापि बिरोध कार्यक्रम अन्तरगर्त नेपाली काङ्ग्रेसले कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन,भ्रष्टाचार, कुशासनका विरुद्धमा नेपाली काँग्रेस बिन्दवासिनी गाउपालिकाद्वारा पालिकास्तरिय मोटरसाइकल रयाली र बिरोध प्रदर्सनमा गरिएको छ।

नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिकाका सन्योजक विवेक कुमार चौरसियाको नेतृत्वमा निस्केको मोटरसाइकल रयालीलाई इटियाही चौकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेस समन्वय बिभागका प्रमुख अजय कुमार चौरसियाले नेपाली कांग्रेसका झन्डा देखाइ शुभारम्भ गर्नु भएको थियो।

मोटरसाइकल रयाली गाउपालिकाका पाँच वटै वडामा घुमेको थियो। इटियाहि चौकबाट निस्केको रयाली मधवल , अमरपट्टी , झौवागूठी , बहुअर्वा भाठा हरिनगर, गर्दौल भेलाहा , बडसावरा हासवा हुँदै प्रसौनी भाठामा आएर कोण सभामा परिणत भएको थियो। मोटरसाइकल रयालीमा नेपाल तरुण दल, ने बि संघ,शिक्षक संघ, दलित संघ लगायत व्यापक सहभागिता रहेको थियो।

राज्य प्रशासन बिभागका सदस्य अशोक कुमार गुप्ताको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षक महासङ प्रदेशका उपमहासचिव मोहनलाल पटेल, वडा अध्यक्ष अनोज चौरसिया, गाउपालिका उपाध्यक्ष किरण देबि गुप्ता, बि. पि. चिन्तन प्रतिस्ठानका अध्यक्ष फजिल मिया लगायतकाले सम्बोधन गरेका थिए।कोण सभा नेपाली कांग्रेस बिन्दवासिनी गाउपालिका सन्योजक विवेक कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close