नेपाली कांग्रेस क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज वार्ड न २ मा घरदैलो कार्यक्रम

नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं १(ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी द्वारा वीरगंज महानगरपालिका वार्ड नं २ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

नेपाली कांग्रेस को चुनाव चिन्ह (गाछी) छापमा मतदान गर्न को निमित्त मतदाताहरु सँग घर द्वारमा भेटघाट को क्रममा बुधबार छपकैया पुगेका कुर्मीलाई स्थानीयहरुले फुलमाला लगाएर स्वागत गरेका हुन् । स्थानीयहरुले कुर्मीलाई जित सुनिस्चित भएको बताउँदै फुलमाला लगाएर विजयी टिका समेत लगाए छन् ।

यस क्षेत्रबाट यसअघि निर्वाचित भएर गएका प्रदेशसभा सदस्यले क्षेत्र र जनताका लागि केहिपनि नगरेको आरोप लगाउँदै विकल्पका रुपमा कुर्मीलाई चुनेको स्थानीयहरुले बताए ।

पर्सा क्षेत्र नम्बर १ (ख) का नेपाली काँग्रेसका प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीले मुख्यमन्त्री लालबाबु राउतले वीरगंजकाे समृद्धि र विकाससंग कुनै मतलब नै नराखेकाे बताएका छन् ।

बुधबार वीरगंज वाड नं २ भिस्वा टाेलमा काँग्रेसले आयाेजना गरेकाे अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बाेल्दै सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका कुर्मीले भने, वीरगंजकै मुख्यमन्त्री भएर पनि राउतले वीरगंजका लागि केही पनि गरेनन्, उल्टै मुख्यमन्त्री पदसंग राजधानि साटेर राजधानी जनकपुरलाई बनाए ।

बुधबार घरदैलो कार्यक्रमका लागि छपकैया पुगेका कुर्मीलाई स्थानीयहरुले फुलमाला लगाएर स्वागत गरेका हुन् । स्थानीयहरुले कुर्मीलाई जित सुनिस्चित भएको बताउँदै फुलमाला लगाएर विजयी टिका समेत लगाए।

उनले मुख्यमन्त्री राउतकाे क्षेत्रमा एउटा पनि नमूना सरकारी विधालय र नमूना स्वास्थ्य संस्था नभएकाे पनि बताए ।

उनले आफनाे पहिलाे प्राथमिकता सरकारी विधालय साथै प्राविधिक शिक्षा तर्फ प्राविधिक विद्यालय स्थापना गर्ने र सरकारी स्वास्थ्य संस्थाकाे सुधार गर्ने‌ बताए ।

कार्यक्रममा काँग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता , वडा अध्यक्ष गजेन्द्र कुर्मी , काँग्रेस नेताहरु अनिल सिंह,श्याम पटेल, मिन्टु सिंह,लगायतकाे सहभागिता थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close