
वीरगञ्जमा संघिय सरकार विरुद्ध प्रदर्शनमा उत्रेको कारण पक्राउ परेका ४ जना विद्यार्थी नेतामध्ये ३ जनालाई रिहा गरिएको छ ।
संसद् विघटन र निर्वाचन घोषणा विरुद्धमा संयुक्त मोर्चा बनाएर आन्दोलनमा उत्रेका विभिन्न पार्टीका विद्यार्थी नेताहरुलाई पर्सा प्रहरीले बिहिबार दिउँसो वीरगञ्जको घण्टाघर चोकबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ता, महानगर कमिटि अध्यक्ष विवेक कुमार साह, नेविसंघका पूर्व केन्द्रीय सदस्य सुधिर पेटल र विशाल पटेल रहेका छन् । तर ति मध्ये नेविसंघका पूर्व केन्द्रीय सदस्य पटेल बाहेक अन्य सबैलाई रिहा गरिएको छ ।
प्रहरीले अन्य नेतालाई रिहा गरेपनि पटेललाई हिरासतमै राखिएको कारण भने खुल्न सकेको छैन ।
नेता पटेलले भने हिरासतमै आमरण अनसन सुरु गरेको छन् । उनले आफुलाई बिना कारण हिरासतमा राखिएको कारण आफु आमरण अनसनमा बसेको बिधार्थी नेता पटेल ले जानकारी दिए।

‘अन्यलाई छोडीएपनि मलाई हिरासतमा राखिराख्नुले गलत हो । मलाई मेरो संवैधानिक अधिकारलाई कुण्ठित गरेर हिरासत राखिएको कारण मैले आमरण अनसन सुरु गरेको छ । मलाई बिनासर्त रिहा नगरेसम्म मेरो अनसन जारी रहने छ पटेल ले जानकारी दिए।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश २ सहसंयोजक प्रभाकर गुप्ताले पनि पटेललाई हिरासतमा राख्नु गलत भएको बताए । उनले भने, ‘हामीलाई केहि समय पछि रिहा गरिएपनि सुधिर जीलाई अहिलेसम्म पक्राउ गरेर राखेका छन । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक प्रभाकर गुप्ता ले जानकारी दिनुभयो।






