नेपाल आउने यात्रुले क्वरेण्टीन बस्नुपर्ने नियम तत्कालका लागि स्थगित

अध्यागमन विभागले आज सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम तत्कालका लागि स्थगित गरिएको जनाएको छ । विभागका अनुसार अर्को सूचना नआएसम्मका लागि आफ्नै खर्चमा होटल करेण्टीनमा बस्नुपर्ने नियम लागू हुनेछैन । तर काेराेना सम्बन्धी मापदण्ड र यात्राबारे यस अघिका नियम भने यथावत रहेकाे विभागले जनाएकाे छ ।

यसअघि विभागले ६७ देशबाट आउने यात्रुलाई एक हप्ता होटल करेण्टीनमा बस्नु पर्ने नियम लागू गरेको थियो । होटल करेण्टीनमा बस्दा लाग्ने सबै खर्च यात्रुले नै बेहोर्नुपर्ने उल्लेख गरिएको थियो । साथै होटल करेण्टीनमा बसेपछि पीसीआर परीक्षण गर्नुपर्ने र रिपोर्ट नेभेटिभ आएपछि पनि एक हप्ता आफ्नै घरमा सुरक्षित रुपमा बस्नुपर्ने भनिएको थियो ।

पीसीआर पोजेटिभ देखिए तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close