आज सुनचाँदीको मूल्य यथावत्

काठमाडौं -साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य यथावत् रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि यथावत् रही सोही मूल्यमा कारोबार भएको छ । तेजावी सुन प्रतितोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज यथावत् रही १ हजार २ सय ६० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close