
शुक्रबार बिहानै उठेर आफ्नो बिहानी क्रियाकलाप सकाएर रेडियोमा समाचार सुनिरहेको थिए फेरि अर्कि चेली माथी एसिड आक्रमण भएछ त्यो पनि प्रस्ताव अस्विकर गरेकै निहुमा। एसिड आक्रमणका घटनाहरु पनि दिन प्रतिदिन बढ्दै गइरहेका छन् । आज भन्दा करिब ५ बर्ष अघि सङगिता मगर माथी आक्रमन भएको थियो, करिब १ बर्ष अघि मुस्कान खातुन माथि भने अहिले पबित्रा कार्की माथी।सबै माथी आक्रमण हुनुको कारण भने एउटै देखिएको छ प्रेम प्रस्ताब अस्विकार गर्नु। नेपालमा बर्सेनि ४० जना देखि माथि एसिड आक्रमण हुने अनुमान गरिएको छ। त्यसैले यो सम्बन्धी राज्यको गम्भीर ध्यानाकर्षण हुन जरुरी देखिएको छ।
कोहि मन पर्छ भने उसले प्रेम प्रस्ताब गर्न नितान्त पाउछ, प्रेम प्रस्ताब गर्नु कुनै पाप होइन तर प्रस्ताव गरिसकेपछि प्रस्ताब गरिएको वालाले पनि मन परे स्विकार र नपरे अस्विकार गर्न निश्चिति रुपले पाउछ तर जसरी पनि आफ्नै हुनुपर्छ यदि नभए जिन्दगी तहस नहस बनाउनु पर्छ भ्न्ने घिन लाग्दो मनोवृत्ति भनाै या तुच्छ सोच र राक्षसी व्यवहारले गर्दा धेरै चेलिहरु एस्को सिकार भैसकेका छ्न र अब त सबैका लागि त्रासपुर्न वातावरण सिर्जना भएको छ। कहिले बलात्कार, कहिले घरेलु हिंसा,कहिले हत्या,एसिड आक्रमण जस्ता घटनाहरु दिन प्रतिदिन बढ्दै गईरहेका छन् । यसरी घटना बढनुमा पहिलो त कानुन बलियो नहुनु,भयतापनी त्यसको लागू सहि ढंगमा नहुनु र पहुँचमा भएकाहरु बाट घटाईएका घटनाहरु लाई ढाक छोप गर्न खोज्नु जस्ता कारण हरु प्रमुख हुन सक्छन् । छिमेकी मुलुक भारतमा एसिड प्रहारका घटनाहरु धेरै घटेका देखिन्छन् र नेपाल पनि त्यसै बाट प्रभावित भएको देखिन्छ ।
प्रथमतः यस्को आक्रमण नियन्त्रण गर्न यस् सम्बन्धी कडा नियम बन्न जरुरी छ र त्यस्को सहि ढङ्गमा लागू हुनु पर्दछ। एसिड किनबेच खुलेआम यत्रतत्र भैरहेको देखिन्छ एसिड किनबेच प्रतिबन्ध गर्नको लागि पनि राज्यले पहल गर्न अती आवश्यक छ। एसिड प्रहारबाट भएका घाइतेहरुलाई पुनर्स्थापना गर्न्नको लागि पनि राज्यले जिम्मेवारी लिनु पर्दछ। यदि यस सम्बन्धी कडा नियम नबने र त्यसको पालना सहि ढंगमा नभए कुनै पनि नारि सुरक्षित छिन भन्न सक्ने अवस्था रहेन।।




