अख्तियारद्वारा आज नारायणी अस्पतालमा रहेको फार्मेसी पसलमा छापा ।

बिरगंज , साउन ३२ गते सोमबार ।

अख्तियारद्वारा बिरगंजको नारायणी अस्पतालमा रहेको फार्मेसी पसलमा छापामारी गरेको छ ।नारायणी अस्पतालमा रहेको सरकारी फार्मेसीमा अनियमितता भएको भन्दै विभिन्न पत्र पत्रीकाकामा समाचार आएको र उपचारका आएका बिरामीहरुले औंषधि नपाएको गुनासो आएपछी अख्तियारको ध्यानाकर्षण भएको हो।

अख्तियारका ५ टोलिल्र आज बिरगंजको नारायणी अस्पतालमा रहेको फार्मेसीमा पुगि कागजातहरु बरामद गरि अनुसन्धान गरि रहेको बताए ।

अख्तियारका सूचना अधिकारी एवं उपसचिव बिष्णु प्रसाद सापकोटाले जनाए अनुसार हामिले फार्मेसीमा भएको खरिद बिक्री र मौज्दात रह्र्को कागजात अध्ययन गर्दै छौ।फार्मेसीले अहिले सम्म कति औंषधि खरिद गरेको , कति बिक्रि गरेको र अहिले सम्मको मौज्दात कति छ । मिति नाघेका औंषधि कति स्टक छ । औंषधि खरिद गरेको तिर्न कति बाकी छ ।नाफा कति भयो ।त्यसैको आधारमा हामिले कार्वाही गर्ने हो सूचना अधिकारी सापकोटा बताउनु हुन्छ ।

मिति गुज्रिएको औंषधि २०१९ को पनि स्टक रहेको पत्रकारहरुको भनाई बारे सापकोटा भन्नू हुन्छ मिति गुज्रिएको औंषधि नियमले फिर्ता गर्नु पर्ने हो , तर स्टक देखिएकोले त्यसबारे पनि अनुसन्धान हुने बताउनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close